भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

छिटै निको पार्देउ भोलेनाथ हाउरो कम्रेटलाइ !

सम्प्रेषक : खांट्टी कुरा Monday, April 28, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
सक्कली कम्निस्टले देउता मान्दैन भन्च्चन तर नेपाल भन्ने देसा भक्त मुन्च्चि भन्दा देउता धेरै बसच्चन ! स्वदेसी देउता मात्रै हैन ठोकतन्त्र भन्ने लोकतन्त्र आसी हिजाज नयाँ नेपाला बिदेसी देउताले पनि हैकम जमाम्न थालेकाच्च्न !
घाम पार्टीका जुझारु नेता नम्बर तिन जसलाई नेपाल अधिराज्यभरका भुरा देखि बुढा सम्मले 'उखाने कम्रेट वली' भनेर चिन्च्चन ! बिदेसी हुन कि स्वदेसी 'बाल मत्लब' भनेर हाम्रा उखाने कम्रेटले कहिले पनि देउता मान्नु भएन क्यार ! कम्रेटकै सगोत्री आफ्नै पार्टीका २ नम्बरी नेता हिजाज भाद्गाम्ले टोपीमा चिटिक्क भर स्वामी कमलानयनचार्य भक्त बनेका छन ! कतै हाम्रा उखाने काम्रेटलाइ पार्टी चुनौमा पाहा पछार्या जस्तरी पछार्न त हैन ? राच्च्निती हो के भन्न सकिन्छ र ! राच्च्निती र सत्तामा छोरोले बाउलाई, जोइले स्वामीलाई, दाइले भाइलाई, बैनीले दिदिलाइ त बाँकी राख्दैनन भने पार्टीका ऐरे गैरेको के हिसाप गराई भो र !
धर्म भनेको त अफिम जस्तै हो है बाल काम्रेट भनेर उहिले टाउके काम्रेटले फुक्दे ! तिनका भक्त भस्मेहरुले जोसा ताला हिन्दुको मन्दिरा गाइ काटे, त्यहि गाईको आन्द्रा मन्दिरा झुन्ड्याईदिए ! अझ त्यतिले मात्र नपुगेर मन्दिरको ढोका पातकीहर्ले सुसू पनि तुर्क्याये ! सहनु पर्छ एक दिन देखाम्च्च भन्थे ! यस्तो सहने कुरा हिन्दुको शास्त्रा पनि लेख्याच्च ! नभन्दै देखाई दिए ! क बाट ग मा पुगेसी झ्ल्यास्सं भ र परार लुकेर, पोहोर छिपेर अनी अहिले त हाक्काहाक्की देउता मान्ने भका छन ! तर तिनका गुरु चैँ ऐले सम्म देउता मान्ने सवालमा भर्जिन नै छन भंच्चन !
हात्तिको दन्त दुइ थरिको हुन्छ ! चपाम्ने र देखाम्ने ! नेपाले कम्निस्ट र चित्तुने ध्रुबे हात्ती पनि त्यस्तै हो ! देउता मान्नु हुन्न है भन्छन ! उहाँ तिनका जोइचैँ ब्यान हुन या बेल्का मन्दिर नधाको दिनै हुन्न ! माओका पनि चार थान जोइ थिए त्यसैले बुहार्तन सहन सिक भनेर ठुलाका जोइले खोक्च्च्न ! माओका चार जस्तै तिन्का पुत्रले नि तिनकै हाराहारीमा पुर्याई सकेका छन ! अब जाबो एक बाँकी न हो !
पाप कराउला, गरिप्को आँसुले पोल्ला भनेर हो कि कुकुर खेदाईमा पर्या ब्वारिहरको आँसुले हो हिजाज जोइ देखि पोइ सम्म निक्कै धार्मिके भाका छन ! कम्निस्टले धर्म मान्दो रैच्च कि नाइँ ? देख्नु भो होला कम्रेट यो पनि मिसाइल भन्ने उदाहरण नै हो क्या र !
त्यसैले,
पक्कै पनि देउता रिसार त हैन हाम्रा उखाने कम्रेटकोणी ग्रह दशा बिग्रेको ? कम्रेटले पनि एक पटक श्री स्वयमघोषित एक हजार आठ मुस्तांगे स्वामी श्री कमलानयनचार्यको सरणमा पर्नेकि ? फिस सस्तो छ क्यार खै त्यो जाती खोका हो कि पेटी नाउँको भेटि चढाए पुग्च्चरे ! बरु क्युमा बस्नु पर्च्च भन्ने सुन्याथि ! बेलैमा एकजना हुक्केलाई नाउँ दर्ता गर्न पठाम्नुसण कम्रेट !
ज्यु रहेपो खान पाइन्च्च घ्यु ! त्यै माथी पार्टीको चुनौमा भोजपुरिया नेपाले कम्रेटको चुरीफुरी हेरी नसक्नुको छ हिजाज ! साम,दम,दण्ड भेद देखि शक्ति अणी भक्तिमा सुपरहिट छन है ति जुंगे कम्रेटता ! बेलैमा होसको दवाईखानुस उखानेकम्रेट !
त्यसैले यो लाउरे मलाय पनि उखाने कम्रेटको फ्यान भ र भन्या हो है ! कम्रेट पार्टीको एक नम्बरे भो भने हाम्रो पनि जय जय हुन्च्च भन्दै कत्ति आसेले आस गरेका छन ! त्यसैले कम्रेट भ न भने बिचरा कम्रेटको अहिले पछी लागेको भुराहरुको कन्तबिजोक हुन्छ ! झापालीको ईजेत्को पनि सवाल छ ! कम्निस्टले धर्म मान्दैन भन्ने कुरा ति उहिलेको हो त्यसैले उहिलेको कुरा खुइले !
अब टिचिंगे डाक्टरले छुट्टी स्वीकृत अरेर हस्पतालाटी खेद्ना साथ हस्पताला बाट घर हैन पैला देउता थान घुम्न जानुस है कम्रेट ! मन्दिर देखि १००८ स्वामी माराजको आसिखले छिट्टै हाम्रो कम्रेटको रोग च्वाट्टै हुन्च्च ! कम्रेटको रोग निको होस र कम्रेट चाडै जाती हुनुस भन्ने कामना गर्दछु !
'जय भोलेनाथ'
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com