भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल पुराण !

सम्प्रेषक : खांट्टी कुरा Monday, April 21, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
न तर्कुल्ले न बर्धन्ने, न एक्लक्के न दुई लक्के, बाइमात्रा र दाहिनेको त झन के कुरा गराई भो ! नेपाली बर्णमाला कति थान अक्षेर हुन्छ भनेर सोध्ने हो भन्ने हिजाज सयमा नब्बे स्वघोषित गजलेले प्रस्ट भन्न सक्दैनन !

'तपाईंले लेख्नु भाको गजला एस्तो गल्ती भाको र छ नि' भनेर जान्नेले भन्यो भने बुर्लुक्क बार हात उफ्रिने देखि परि आको खण्डमा 'वीर भीमसेन' बन्न बेर नलाम्ने पनि उल्कै छन ! आफ्नो रचनाको कमि कमजोरी देख्न र सुन्न नै चाहदैनन ठ्याक्कै नयाँ नेपालको गणतन्त्रे पार्टीका नेताहरू जस्ता ! हिजाज सामाजिक संजाल फेस्बुका देखि ट्वीटरा हिन्दी सिरियल 'सास बहु' स्टैला धाराबाहिक गजल बाण हान्छन तर सक्कल हो कि नक्कल खुट्याउनै गारो !

पियारा, पियारी, बाँच्न गारो भो, दिल घायल भो रे, मदिरा देखि मधुशाला हुँदै बिष पिउने अनि नयन वर्षा वर्षे झरी आदि आदि इत्यादि यस्तैमा गजल लेखेर 'तमोर माथि १४ टनको भारी बोकेर उकालो लाग्या माल गाडीझैँ ठसठस कनेर' गजल पोस्टिन्च्च्न अनि आर्कोले छूस्स 'ओइ तेरो नोटको गजल त ढिस्कानाको वाला देखियो' अथवा फलानाको ब्ल्गा पोस्टियोनी' भनेर त्यति भन्दिनु पर्छ अनि सुरु हुन्छ फेस्बुक देखि ट्वीटरा गजल युद्ध ! नामबाट जात हुँदै सुरु भाको त्यो गजल युद्धले भूगोलसम्म छुन्छ !

बर्दिया घर भर खाडीमा लाउरे बनेका एक जना ठुला गजलकार जुन कांग्रेसी हनुमन्ते रैछन ! तपाईं कि नेपाली, कि उर्दु, कि हिन्दीमा लेख्नुस तपाईंको सैली राम्रो छ भनेर भने ! आफूलाई आफ्नो नेपाली राष्ट्र भाषामा हिन्दी उर्दु मिसार लेख्या बोल्या मन नपर्ने त्यसैले उल्कासँग भाषा बिगारेको देखेर भनेको यो लाउरे मलायले त्यो नामुदे गजलकार भनाउँदोलाइ,बस जनयुद्दा माउवादीले जनतालाई तर्साउन पड्काउने सुतली बम झैँ पड्केर उल्का भो गाँठे ! बाध्य भ र फेस्बुके लिस्टाट ती महान गजलेलाई निषेध ठोक्नु पर्यो !

गाम्घरा भाको साउबालाई गैरी खेत बन्दकी राखेर हुन्छ कि सयकडा पाँच लेर हुन्छ त्यसरी दाम लेर खाडी मलेस्या छिरे ! तर्तरी कमाको पैसाले सकिन्छ भने पुर्खाभन्दा के कम भन्दै माटो जोड्नु त कता हो कता ल्यापे देखि ट्याबे किनेर गजल पोस्टिन सुरु अर्च्च्चन ! २ वर्ष छुट्टी गो अनि किताप निकाल्न हतार ! तिनले गजलको किताप ननिकाल्ने हो भने हाम्रा रोटि देखि बेटी साइनो पर्ने बिहारी भैयालाई चटपटे बेच्न धरी हम्मेहम्मे हुन्छ !

धेरै महिना पैला सामाजिक संजालको भितोमा १ जना गीत/गजल लेख्ने चेलीले एल्बम निकाल्न लाको रैछिन ! फेसबुक फुटो हेर्दा सोझी र सिधा देखेर 'हाउ चेली बिदेशा पसिना चुहार कमाको धन यस्तरी भब्यसँग खर्च गर्दा लगानी उठ्ला र ? यति के भंदेको थिए सरापेर जात्रा गरिन ! कलाको दाम हुन्च्च ? कलालाई पैसासँग दाज्ने त को होस ? मेरो धन जे सुकै गरु पराईलाई के को खसखस ? भनेर उल्कासँग थर्काइन गाँठे ! चेली त दुब्ली पातली सोझी भनेकी त हिन्दी सिनेमा कि झगडालु चरित्र अभिनेत्रीको रोल गर्ने 'मुखाले बिन्दु' पो निस्किन हौ ! सरल्क्क लाएर लिस्टाट हटाए ! तिनको बारेको बयान गर्दा गतिलाई सिनेमा बन्ने रैछ ! गजल चैँ हैन सिनेमा चैँ सुपर डुपर हिट हुन्थ्यो होला बरु !

गजल भनेसी चिल्लो कागज अनि मोटो सिर्लिक्क परेको गाता अनि त्यस्तै चिटिक्क पर्या डिजाइन गर्नु पर्च्च बुझ्नुभो हिजाजत ! नत्र पाठकले मन पराम्दैन भनेर हाइड्रोलिक जग लाम्ने डिजाइनर देखि अनेकसम्मको के कमि छ र नयाँ नेपाला ! सप्पैलाई चाहिएको दाम नै हो क्यार ! न भोक न प्यास भनी भनी खाडी मलेस्यामा २ वर्ष खटेर कमाको धन आधा चैँ गजल निकाल्नमा स्वाहा !

अँझ हजुरको लेखाइ त आहा आहा क्या राम्रो भाव, वाह वाह क्या दाम्मी शेर, मतला हो कि उलामा सुलामा त झन क्या बेजोडको गाँठे भनेर भन्दिनु पर्छ नाक घिरम्लो जत्रो बनार गजल गाइने देखि झिटी झ्याम्टा बजामने खोज्न थाली हाल्छन चक्का देखि सी.डीसम्म निकाल्नलाई हतार ! जोस क्या जोस !

पैसो मात्र हुनु पर्च्च गोजा त्यस्ता नाथेले लेख्या पांग्दुरे गजललाई तुका तु भर्ने देखि बजामनेसम्म मिनेटा निस्किन्छ नयाँ नेपाला ! सुर होस कि बेसुरले होस न ताल, झ्याम कि झ्याम मिनेटा गाएर बजाएर देखाई दिन्छन ! कुनै कुनै जान्ने बुझ्ने संगीतकारले विदेशको दुख र खटाइ देखेर सम्झउलान बुझाउलान तर तिनका मगजा घुसे पो ! जसरी हुन्छ पुस्तक निकालेर अनि अडियो मात्रै हैन यु टुबनै सुनाएर शान देखाउनुको त मज्जै नै बेग्लै भन्ठान्छन ! कमाको धन जाए भाड्मे ! अनि २ वर्ष गधा जस्तरी जोतेर निकालेको गजलको एल्बम देखि पुस्तक बजारा कसैले पढ़ेछछन अथवा सुनेछन भने त्यतिखेर यो पंक्तिकारलाई थुक्क भनिदिनु होला !

लेखाइ 'कल्बिर' छ हजुर मेरो ! कल्वीर भनेको बुझ्नुहुन्छ ? तितो क्या निमको हजुरबालाई कल्वीर भन्छ ! सत्य देख्या र घट्या कुरा लेख्दा कसैलाई चित्त दुखेछ भने क्यार्नु नभाको कुरा अर्यात हैन क्यार !

त्यसैले तपाईं राम्रो लेखक देखि गजलकार हुँदै कलाकारसम्म बन्न चाहनुहुन्छ भने पहिला बेजोडको साधना गर्न सिक्नुस ! सम्बन्धितसँग पैला राय परामर्स लिनुस ! धुन भर्ने संगीतकारलाई पनि तपाईंको रचना देख्ना साथ भित्रै हृदय देखिने संगीत भरु भरु होस अनि तपाईंको पुस्तकको गाता हेरेर हैन सब्द देख्ना साथ पढने पाठकले वाह क्या गज्जब भन्न पाइयोस तब न तपाईंको लेखाइले सार्थकता पाउछ ! तपाईंको तपस्या सफल हुन्छ !

तर,
फेस्बुका पोस्टिया गजलले डेढ दुई से लाइक पाम्दैमा तपाईंको कृतिलाई 'कपुरी क' भनेर भन्न मिल्दैन ! जान्ने गम्किन्छ नजान्ने चम्किन्छ गर्नु भो भने तपाईंलाई कालिदास क्या "आफै बसेको हाँगा काट्ने" को पदभन्दा अरु दिन सकिदैन !

त्यसैले यो गजल महात्म्य पढेर केही सिक्नु भो भने तपाईंको पनि जय र मेरो पनि जय हुन्छ ! मेरो जय चैँ यो मानेमाकी मैले पनि घुमाएर भए पनि एक जना धन भा बुद्धि नभा बेकुपलाई नेत्रदान गर्न सफल भएछु !
आग्ये तपाईंको जो मर्जी !
"जय गजल"


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com