भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

होस गर भ्रस्टाचारीहरु खहरे उर्लिंदैछ बगाउन मात्र बाकि छ अब !

सम्प्रेषक : खांट्टी कुरा Saturday, April 12, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
नेपाली क्रिकेटरहरूले जायज कुरा गर्दा ती पार्टीका आस्थावानहरूले अस्तिसम्म प्रसंसा गरेर नथाक्ने खेलाडी माथि बिगत केही दिन यता आएर सामाजिक संजालको भितोमा तथानाम भनेको देखियो ! यस्तो प्रबित्ति जायज हैन ! 'भोको पेटले सारंगी रेटन सक्दैन' भन्ने नेपाली आहान छ ! राजनीतिक पार्टीका धमिरा पसेर खोक्रो नपारेको नेपालको कुनै निकाय छैन भने त्यस्तोको बिरोध गर्नुको साटो आस्थाको आधारमा अन्यायको साथ दिने मान्छेलाई मान्छेको दर्जामा राखेर हेर्न मिल्छ ?

क्यानले गल्ती नगरेको भए आहिले आएर ७ दिन भित्रमा क्रिकेट खेलाडीहरूलाई एकमुस्ट तलब दिन्छु भनेर किनभने ? यसको मतलब नेपालको क्रिकेट खेलाडीले भोको पेट र पानीको भरमा बिगतका वर्ष, महिनाहरू देखिने क्रिकेट खेलेको रैछ भनेर अब बुझ्ने कि नबुझ्ने ?

गल्ती त आखिर 'क्यान' पदाधिकारीकै रैछ त ! यस्ता धमिराहरूलाई हाम्रा प्रधानमन्त्रीले कारबाही गर्छन कि संजीवनी बुटी पिलाएर राख्छन जनता अब हेरी बसेका छन ! खेलाडीलेज्यू ज्यानको बाजी लगाएर खेल खेल्ने तर राजनीतिक पार्टीको आडमा तिनै खेलाडी माथि चरम सोषण गर्ने ती क्यानका सम्पूर्ण पदाधिकारीहरू माथि हदैसम्मको कारबाही हुनु पर्दछ !

देशमा आज स्थानीय निर्वाचन नभएको कति वर्ष भयो ? किन गर्दैनन स्थानीय निकायको निर्वाचन ? नियत त प्रस्ट छ नि ३/४ पार्टी मिले अनि सहमति भनेर जनताको करको पैसा हसुरे ! कसले छुने यस्ता धमिराहरूलाई ? हरेक कुरामा सिण्डिकेट लागु गरायर देशै खोक्रो बनाइसके !

के यही गर्न भनेर नेपालमा प्रजातन्त्र देखि कथित गणतन्त्र स्थापना गरेको हो ? यस्तै गरी भ्रष्टाचार गरुन भनेर यीनिहरूलाई जनताले साथ दिएको हो ? कतिन्जेलसम्म यसरी देश र जनतालाई गुमराहमा पारेर आफ्नो दुनो सोझ्याउछौ ? लाज सरम र नैतिकता छैन ?

नेपालमा अख्तियार भन्ने संस्था छ पनि क्या र ? यस्ता भ्रष्टहरू माथि छानबिन गरेर कडाभन्दा कडा कारबाही भएन भने अस्ति जसरी क्रिकेटको विजयोत्सबमा देश उर्लेको थियो त्यस्तै गरी उर्लेको भेलले भ्रष्टाचारीहरूलाई बगाउला है ! त्यसैले भल आउनुभन्दा पहिलानै भल नपस्ने वाताबरण मिलाएकै जाती !
सम्बन्धित सबैमा ध्यान जावस !

हार्दिक आभारको साथ बधाई ज्ञापन गर्छु म ती बहादुर क्रिकेट खेलाडीहरूलाई जस्ले आफूलाई परेको अन्यायको डटेर सामना गरेकोमा ! यसै ब्लग मार्फत अपिल पनि गर्न चाहन्छु "अन्याय गर्नु पाप हो भने अन्याय सहनु झन् ठुलो पाप हो" ! सहनको पनि हद हुन्छ त्यसैले अब सबैले अन्यायी र अत्याचारको डटेर मुकाविला गर्नु पर्ने फेरि बेला भैसकेको छ !
बि.स.२०७० चैत्र ३० गते आइतवार !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com