भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

सोचेर, बिचार गरेर प्रश्न सोध्नुस !

सम्प्रेषक : खांट्टी कुरा Tuesday, April 8, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
एमालेको भगिनी संस्था युवा संघको बोस महेस बस्नेतले रमेस खरेल बागमती प्रमुख हुँदा के गर्यो भनेर सोधेछन ! कुनै पनि प्रश्न सोध्नु भन्दा पहिला त्यो प्रश्न सकारात्मक छ कि नकारात्मक छ भनेर सोच्ने हो भने बस्नेत मात्र हैन दिमाग भाको कुनै पनि नेताले यस्तो वाहियात प्रश्न पक्कै पनि गर्दैनथे !
नेपालमा प्रजातन्त्र स्थापना हुना साथ अंचल नियन्त्रण गर्ने सम्पूर्ण इकाईहरु बर्खास्त गरेका पनि कांग्रेस र कम्युनिस्ट मिलेर हो कि हैन भनेर अहिला आफ्ना ठुला नेताहरुलाई गएर एक पटक सोध्नुस !

अंचल नियन्त्रण भन्नाले गृह अन्तर्गत अन्चालाधिस तथा अन्चल प्रहरी कार्यालय किन बिघटन गरियो ? अंचल प्रहरी हटाएर क्षेत्रको यौटा इकाई बनाएर राख्नुको कारण के हो भनेर सोध्नुस पैला ? अहिले आएर फेरी अंचल प्रहरी किन ब्युताईयो ? जब अंचल प्रहरी ब्युताउन मिल्छ भने जिल्ला प्रशासन नियन्त्रण गर्ने अन्च्लाधिस कार्यालय चैँ किन ब्युताइयेन ?

प्रहरीको कार्य क्षेत्र के कसरि बनाइएको छ भनेर पहिला बुझ्नुस अनि प्रश्न गर्नुस ! हावाको तालमा चोर अम्लो ठड्याउनु भो भने भोलि मानहानिमा पर्नु होला ! बागमती अंचल प्रहरी कार्यालयले उपत्यकाको तिन जिल्ला हेर्ने अधिकार छैन ! उपत्यकाको तिन जिल्ला भन्नाले काठमाण्डौ, भक्तपुर र ललितपुर पर्दछ !

जब आफ्नो अधिकार क्षेत्र भित्रको युनिट पर्दैन भने त्यो युनिटलाई बाहिरको युनिट प्रमुखले आदेस गिराउन मिल्छ ? एक जिल्लाको प्रहरीले आर्को जिल्लामा गएर अभियुक्त समाउन सिधै सक्दैन र समाउन परेको खण्डमा पहिला सम्बन्धित जिल्लाको अनुमति लिनु पर्छ !

राजनीतिक पार्टी हैन नेपालको सरकारी अड्डा अदालत ! हुत्ति छ भने जिल्ला नियन्त्रण गर्ने अन्चलाधिस कार्यालय फेरी पुनर्स्थापना गरेर देखाउन सक्छन ? प्रहरीलाइ सक्तिसाली बनाउन चैँ किन चाहदैनन ? पहिला यो प्रश्नको जवाफ माग्नुस आफ्ना ठुला नेताहरुलाई !
.. पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com