भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कम्युनिस्टले धर्म मान्छन कि मान्दैनन ?

सम्प्रेषक : खांट्टी कुरा Saturday, March 29, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
गाढा रातो भुइंमा पहेलो अथवा सेतो रंगको हँसिया हथौडा अंकित चार कुने झण्डा, कुनैमा एक कुनैमा ४/५ तारा भएको झण्डा बोक्दै जोसको तालमा मुठी माथि उठाएर कम्युनिस्ट पार्टी जिन्दाबादको नारा र जोसिलो मुद्रामा 'लाल सलाम' को अभिवादन !

यत्तिहो सर्वहारा भन्न मन पराउने देशी बिदेशी कम्युनिस्टहरूको परिचय ! कम्युनिस्टले धर्म मान्दैन भनेर प्राम्भिककाल देखिनै सिकाइएको हुन्छ भनेर सक्कली कम्युनिस्टहरू बताउछन ! कम्युनिस्ट भनेको एकै समुदायमा बस्ने सामाजिक मानव जातिको प्राणि ! कम्युनिस्टको अगाडि धन दौलतको कुनै अर्थ नै हुन्नन न त धर्म, जाति र संस्कृतिको !
..
प्रसंग छिमेकी कम्युनिस्टको !
छिमेकी मुलुक भारतस्थित पश्चिम बंगालको राजधानी कलकत्ता (कोलकाता) हो ! यो राज्यले नेपालको केही सुदुर पूर्वी जिल्लाहरूलाई छुन्छ ! यही राज्यमा बामपन्थी नेता स्व.ज्योति बसु (8 July 1914 – 17 January 2010)ले तीसौं वर्ष अंकटक शासन चलाए ! उनी जीवित छउन्जेल उनले सासन गरेको राज्यमा अन्य पार्टीलाई सत्ताको स्वाद चाख्न कहिले पनि दिएनन तर कम्युनिस्टहरूको एउटा रोग छ 'एक पटक आफू शक्तिमा पुगेसी नमरेसम्म सितिमिति अर्कालाई छोड्दैनन' ! पारा चैँ ठ्याक्कै 'राजतन्त्र' जस्तै तर कम्युनिस्टहरू फेरि 'राजतन्त्र' को घनघोर बिरोधिरे (हास्यापद कुरा) !

भा.क.पाका ती बामपन्थी नेता क.स्व.ज्योति बसुले आफू दिबंगत हुनु भन्दानै पहिला आफ्नो मृत सरिर चिकित्साशास्त्रको लागि भनेर 'दान' गरेका रैछन जुन उनको मृत सरिर अहिले पनि कोलकाताको चिकित्साशास्त्र विज्ञान प्रतिष्ठानमा सुरक्षित छ, यो हो असली कम्युनिस्टको परिचय !
 (क.स्व.ज्योति बसुको बारेमा जान्न चाहनुहुन्छ भने हेर्नुहोस विकिपिडिया http://en.wikipedia.org/wiki/Jyoti_Basu) ..


तर यसको ठ्याक्कै बिपरित छ नेपाले कम्युनिस्टहरूमा ! नेपालमा कुनै कम्युनिष्ट नेता वा तिनका परिजनको दिबंगत भएमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गर्ने चलन छ ! अन्तिम संस्कार गर्न लैजाने बेलामा लास माथि पार्टीको झन्डा राखेर फुल माला सिन्दुर अबिरको जात्राको साथ घाटमा लैजाने गर्छन ! लोकलाई देखाउन कम्युनिस्ट सलामी दिन्छन तर लास माथि फुल माला अबिरको वर्षा गर्ने कार्य चैँ रोकिदैन ! हिन्दू परम्परा अनुसार दागबत्ती दिने तर १३ दिने जुठो चैँ बार्दैनन भने यो जन्म पछिको अन्तिम संस्कार गर्ने यो कस्तो प्रकारको चलन हो ?

नेपालको कम्युनिस्टहरू जब हिन्दू/बौद्ध वा अन्य कुनै धार्मिक समुदायनै मान्दैन भन्ने र त्यही शिक्षा आफ्ना चेला चपेटालाई दिने तर ठुला नेता र तिनको सन्ततिको हकमा त्यो नियम लागु नभएर धार्मिक रित निभाउछन भने यो पाखण्डपन हो कि हैन ? यदि सक्कली कम्युनिस्ट हौँ भन्छन र विश्व परिवर्तनको सपना देख्ने हो भने मृत्यु पछिको नासियर जाने आफ्नो त्यो नश्वर सरिरलाई उपकारको लागि भारतीय बामपन्थी नेता स्व.ज्योति बसुले झैँ किन सरिर दान गर्दैनन ?

मानिसको अंग प्रत्यंगको केही भाग मृत्यु अघि वा पछि पनि अन्य जीवित मानव सरिरमा प्रत्यारोपण गर्न सकिन्छ भनेर चिकिस्तासास्त्रले प्रमाणित गरेको छ ! उदाहरणको लागि बितेको साल नेपालको प्रख्यात महान साहित्यकार स्व.जगदिस घिमिरेको मृत्यु हुनुभन्दा केही वर्ष अगाडिनै उहाँद्वारा स्वयम आफ्नो 'नेत्र' दान गरिएको थियो ! यो कुरा उहाँको आफन्तजनहरूलाई पनि बताइएको थियो ! उहाँको मृत्यु पर्यन्त उहाँको सुपुत्रले तिलगंगा आँखा अस्पताललाई खबर गरे ! पशुपति आर्यघाटमा तिलगंगा आँखा अस्पतालको डाक्टरको टिम आएर आँखाको नानी झिके ! आज त्यो आँखाको नानीको सहायताले कुनै नेत्रहिनले आँखाको जोति पाएको छ ! यसैलाई भन्छन मृत्यपछिको पनि सच्चा परोपकार अर्थात पुण्य काम !

कम्युनिस्ट बन्ने तर कम्युनिस्टको नियम पालना नगर्नेलाई के सच्चा कम्युनिस्ट भन्न मिल्छ ? मिल्दैन भने कम्युनिस्ट भए पछि आफ्नो नासियर जाने सरिरलाई सच्चा बामपन्थी नेता स्व.ज्योति बसुले झैँ 'सरिर दान' गरेर देखाउन सक्नु पर्छ ! यस्तो गर्दा हाम्रा चिकित्साशास्त्रका विधार्थीले अध्ययनमा अनिवार्य गरिनु पर्ने अभ्यासको लागि लासको अभाव खेप्नु पर्दैनथ्यो ! त्यो आँखाको नानीले आर्को नेत्रहीनले जगत देख्न पाउथ्यो ! छन त यसो गर्ने हिम्मत हाम्रा नेपाले कम्युनिस्टहरूको ? पेज मन पर्छ भने


https://www.facebook.com/khattikuroलाई LIKE गर्नुहोस !
बि.स.२०७० चैत्र १५ गते शनिबार
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com