भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

नेपाल खुल्ला दिसामुक्त देस घोषणा हुदैच्चरे !

सम्प्रेषक : खांट्टी कुरा Friday, December 27, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
हिजो फलाना गा.बि.स.खुल्ला दिसामुक्त घोषणा भो ! आज फलाना गा.बि.स.खुल्ला दिसामुक्त घोषणा गरियो ! भोलि ढिस्कानो गा.बि.स.खुल्ला दिसामुक्त घोषणा गरिने कार्यक्रम छ ! रेडियाँ देखि टेभिया अनि खबरकागज देखि फेस्बुका भित्ता समेत हिजो आज खुल्ला दिसामुक्त कार्जेकरमको उल्कासित चर्चा/परिचर्चा छ ! नहोस पनि कसरि बिदेसिको दान द्रव्यको सदुपयोग जो गर्नु छ !
उही चुनाउ हुन लाग्या बेला पुलिस प्रशासनले गा.बि.स तथा वडालाइ अति संबेदनसिल, संबेदनसिल र सामान्य भनेर बर्गिकरण अरेको जस्तैधर्म निरपेक्ष नयां नेपाला कुनै पनि कार्जेक्रम सफल असफललाइ तिन थान तरिकाले मापन अर्च्चनरे ! सप्पैको थुतुना मुखारी छ भने त्यो कार्जेक्रम सुपर डुपर हिट, आधा जसो ले सम्झेमा हिट थाहा नहुने लाइ चैँ सुपर फ्लप !
रेडिया, टिभिया देखि खबरकागज हुँदै सामाजिक संजालको भित्ताचैँ खुल्ला दिसामुक्त कार्जेक्रम सुपर डुपर हिट छ तर नेपालको उच्च हिमाली देखि पहाडी भेगका बाँदर लड्ने भिरा छेउछाउमा बन्ने झुप्रा झाप्रीमा त्यो खुल्ला दिसामुक्त कार्जेक्रम कति सफल भाकोच्च त्यो बुढो रेडियां समचार फुक्ने देखि खबर कागजा समचार लेख्ने हुन या सामाजिक संजालको भित्तो फेसबुक या ट्वीटरा हुनेलाइ थाहा नाइँ !
ब्यान खाए बेल्का के खाने र बेल्काको छाक टारे ब्यान चैँ राम भरोसामा बाच्ने नेपाला लाखौ हैन करोडौ नेपाली जनता छन ! नेपाल भन्ने मुलुक जन्म्या दिन देखि आजा मिति सम्ममा पनि तिनीहरु जस्ताको तस्तै छन तिनलाई त्यो खुल्ला दिसामुक्तको परिभाषा के थाहा ?
तराइको डोम, दुसाद, तत्मा देखि हरिजन हुन या गरिब थारु बस्तीका कमैया हुन वा बिकट पाहाडी भू भागा बस्ने चेपांग वा घुमन्ते राउटे नै किन नहुन अथवा गरिब झुग्गी झुपडीमा बस्ने अन्य जातिका करोडौ नेपालीलाइ तिनलाई आची गर्ने चर्पी भन्दा पहिला पेटको अग्निरुपी भोक लाइ शान्त पार्ने अस्त्र वितरण गर्ने कि खुल्ला दिसामुक्त क्षेत्र भन्दै ढ्वांग फुक्दै हिड्ने ?
गाम्घर टोल छिमेका मुन्छी भेला जम्मा गरेर स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने देखि लिएर तिन तारे देखि पान तारे होटला समेत गोष्ठी गर्न भ्याएकै छन ! ति चिल्ला कागजा छापिने कागजाँ रंगीचंगी फुटो हालेर जा पाए त्यहि आची गर्न हुन्न, आची गरेसी साबुन पानि राम्रो संग हात धुनु पर्छ भनेर गामघरका मुखिया बाको घर देखि गा.बि.स.का भवना समेत छयालीस साले बौदल हुँदै आजका मिति सम्ममा पोस्टर टासेकै हुन, बुढो रेडियो देखि तन्नेरी बतासे भाँडा फुकेकै हुन, आफ्ना मन परेका खबरेका पत्रिकाँ नि छापेकै हुन तर २४ बर्षा के प्रगति भो त ? अहिले आएर खुल्ला दिसामुक्त क्षेत्र भनेर राग भैरबी किन अलाप्नु पर्यो ?
जवाफ कन्ठै छ स्पस्ट छ नयाँ लोकतान्त्रिक, गणतान्त्रिक धर्म निरपेक्ष नेपालमा बिगत ८ बर्ष देखि असिना बर्से जसरि युरो, पाउण्ड, डलर, वान र एन देखि उत्तरका युवान अनि दक्षिणका कम्पनि द्रब्य बर्सेको छ ! त्यसै हाम गर्ने कुरा मिलेन ! के निउ पाउ कनिका बुकाउ त गर्ने पर्यो ! स्वास्थ्यको फाइदाको नाउँ भन्दै खुल्ला दिसामुक्त को अस्त्र फ्याकेका छन ! तर, पेटा चारो भएपो गोब्रयौन सकिन्छ, जब पेटा चारो छैन भने कसरि गोब्रयौने ? अनि जब गोब्रयौननै पर्दैन भने किन चैयो पाइखाना ?
त्यसैले पहिला गरिबको पेटा रासनको ब्यबस्था गर ! जब रासन हुन्छ अनि कासन भाषण के के दिनु पर्ने हो त्यो देउ ! जब पेटा रासनको जोहो हुन्छ अनि तिमेरुका कासन देखि भाषण सुन्दै अनुशासनमा बसम्ला ! जब रासन दिन सक्दैनौ भने गरिबको नाउँ बेच्दै कहिले सम्म बिदेसिको अगाडी हात थाप्छौ  ? 



.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com