‘सत्य सेवा सुरक्षणम’ को मूल मन्त्र अनि ‘जन समुदायको सेवा गर्ने यहि प्रतिज्ञा लि मनमा’ भन्दै नेपाल प्रहरीको आघिकारिक जन्म २०१२ सालमा भएको हो ! त्यो भन्दा पहिला पनि नेपालमा प्रहरी संगठन नभएको पक्कै चैँ हैन तर कानुनीरुपमा गठन गरिएको लाइ मात्र आधिकारिक मान्ने बिस्व ब्यापी चलन छ !हिजो आज गाउँ समाज, टोल, सहर बजारमा प्राय नागरिकको गुनासो यस्तै हुन्छ ‘पुलिसले राम्रो सेवा दिएन, पुलिसको नाकै मुनि अपराध घट्यो, पुलिसले अपराधी पक्राउ गरेन, समाजमा हत्या, हिँसा, चोरि डकैति, गुण्डागर्दी, बलात्कार बढ्नुको साथै सीमामा तस्करी बढ्यो’ आदि आदि ! रेडियो, पत्रिका तथा सामाजिक संजालहरुमा पनि यस्तै गुनासो र टिका टिप्पणी प्रसस्त देख्न र सुन्न पाइन्छ ! नागरिकले गुनासो गर्नु त्यो आफ्नो ठाउँमा जायज छ तर प्रहरीको गुनासो र बाध्यता चैँ सुनी दिने कसले ?
हालै सरकारले सरकारले नेपाल प्रहरीमा ६ हजार १० दरबन्दी थप्ने निर्णय गरेको छ । तर निर्णय बाहिर आउना साथ एक जना सज्जनले पुलिसको संख्या किन बढाउने यो बैज्ञानिक युगमा ! बिदेशमा सहर बजारमा पुलिसको अनुहार समेत देख्न पाईन्न ! सबै कोठामा बसेर CCTV बाट गरिन्छ भनेर सामाजिक संजालमा दार्शनिक छाटन पनि भ्याय ! यो पंक्तिकार पनि अहिले बिदेशमा नै छ ! पंक्तिकारले पनि देखेको र भोगेको कुरा हो बिदेशमा तर CCTV हावाले पक्कै पनि चल्दैन होला !
लोडसेडिंगले आक्रान्त पारेको मुलुकमा बैज्ञानिक उपकरण कसरि जोडिन्छ ? यदि जोडीई हालेता पनि के त्यो नियमित सुचारु हुन्छ ? यस्ता धेरै कमजोरी पक्षहरु छ जुन चाहेर पनि तत्काल पुरा गर्न सकिंदैन ! अपराध घट्यो र शान्ति सुरक्षा भएन पनि भन्ने अनि प्रहरीको दरबन्दी थप गर्दा किन बिरोध गर्ने ? प्रहरी पक्कै पनि सिनेमामा देखाइएको काल्पनिक ‘सुपरम्यान’ हैन ! नेपालका प्रहरी पनि नेपाली जनताका छोरा छोरी नै हुन ! के तपाइँ हामीले नेपालको प्रहरीलाई कहिले पनि राम्रो नजरले हेर्ने र हौसला बढाउने गरेका छम ? सधै भरि नकारात्मक भावनाले ह्रेदै नकारात्मक टिप्पणी गर्नु भन्दा पहिला देश हाक्ने नेताहरुलाई गुण्डा नपाल, अपराधी नपाल भनेर खबरदारी गर्नु भाको छ ? चेतावनी दिनु भाको छ ? नेता जन्माउने जनताले हो कि हैन ? यदि हो भने त्यस्ता नेताहरुलाई हामि किन दण्डित गर्दैनौ ?
हाल नेपालमा सयमा ९०% भन्दा माथि अपराध नेता द्वारा संरक्षित गुण्डा तथा अपराधीहरु बाट हुने गरिएको छ भन्दामा कुनै युक्ति नहोला ! प्रहरीले अपराधि समातेको १० मिनेट नबित्दै अपराधी छोड्नु पर्ने बाध्यता छ भने प्रहरीको बाध्यता बुझी दिने कसले ? तरबारको धारमा बसेर काम कार्य गर्ने प्रहरी लाइ आज यो स्थितिमा ल्याई पुर्याउनुमा तपाइँ हामि दोषी छौ कि छैनौ ? एक पटक आफ्नै आत्मा लाइ सोधी हेर्नुस त !




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
