गीत
याद मात्र बाँकी रह्यो, घात हुँदा पियारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा
मलाइ किनार लगाएर थाम्यौ हात पराइको
मुकदर्शक बनी हेरें तिम्रो माया गराईको
जित्न तिम्लाइ नसकेनि खुशि नै छु म हारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा
बाँची राख जुगौँ जुगौँ सबै खुसी संगालेर
जिउँला एक्लै के भयो र चोटैचोट अंगालेर
रानी मौरी उडी गयो , छैन मह यो घारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा
याद मात्र बाँकी रह्यो, घात हुँदा पियारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा
मलाइ किनार लगाएर थाम्यौ हात पराइको
मुकदर्शक बनी हेरें तिम्रो माया गराईको
जित्न तिम्लाइ नसकेनि खुशि नै छु म हारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा
बाँची राख जुगौँ जुगौँ सबै खुसी संगालेर
जिउँला एक्लै के भयो र चोटैचोट अंगालेर
रानी मौरी उडी गयो , छैन मह यो घारमा
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
