भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

'समुद्री यात्री र उस्की एक स्वर्गदूत'

सम्प्रेषक : दिप्स शाह Monday, June 20, 2011
दिप्स शाह
----
बिषयक्रम :

'समुद्री यात्री र उस्की एक स्वर्गदूत'

ए स्वर्गदूत,
ए प्यारी स्वर्गदूत
तिम्रा सुन्दर आँखाहरु
बिशाल समुद्रका काला दहहरु हुन्।
ए स्वार्गदूत,
म एक समुंद्री यात्री
मेरो पानिजहाज डुब्न लाग्दो छ
तिम्रा छाल युक्त आँखाहरु,
बन्द गर
त्यसैले
केही समयको लागि।
मैले भन्न बिर्सें होला
तिमी
समुद्री तुफान पनि त हौ।
तर पौडन कहाँ आउँछ र मलाई?
किनकी
यो त मेरो पहिलो यात्रा हो।
अहो! ती अग्ला लहरहरु,
सुन!
ती चाँदीहरु बोलाउदैछन मलाई
ती छालहरु बोलाउदैछन मलाई
ती चाँदीछालहरु
प्यारी स्वार्गदूत,
हेर!
मेरो जीवन डुब्न लाग्दो छ!
मेरो जहाज डुब्न लाग्दो छ!
जमिन पो कहाँ छ र
तैरन का लागि!
मलाई थाहा छ
तिमी
एकदिन डुबाउनेछौ
मलाई
तिम्रै मोहिनि नयन भित्र
किनकी
तिमी मेरी स्वर्गदूत हौ
मेरी प्यारी स्वर्गदूत।

© रबिन्द्र "गोभीन"
सान फ्रान्सिस्को
क्यालीफोनींया
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com