छिमेकिको टोक्ने कुकुर भुक्ला फेरि होश गरौ ,
नेपालीको शीर अझै झुक्ला फेरि होश गरौ !
बुद्धिजिबी हाम्रा नेता लुछाचुँडी गर्ने कुर्ची ,
पराईले थुक निल्दै ढुक्ला फेरि होश गरौ !
सबको प्यारो सगरमाथा अलग्गिन खोज्यो भने ,
हाम्रा सबै खोला- नाला सुक्ला फेरि होश गरौ !
बल गरि नसमाते मूल्यवान चिजहरु ,
अलि अलि गर्दा गर्दै फुक्ला फेरि होश गरौ !
सोच्दा पनि भित्र भित्रै मन रुने नेपालीको ,
स्वर्ग जस्तो सुन्दर् देश चुक्ला फेरि होश गरौ !





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
