भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

फेरि होश गरौ

सम्प्रेषक : Unknown Thursday, December 9, 2010
Unknown
----
बिषयक्रम :
तुलसी पेोडेल (प्रकृतिप्रेमी)


छिमेकिको टोक्ने कुकुर भुक्ला फेरि होश गरौ ,
नेपालीको  शीर अझै झुक्ला फेरि होश गरौ !

बुद्धिजिबी हाम्रा नेता लुछाचुँडी गर्ने कुर्ची ,
पराईले थुक निल्दै ढुक्ला फेरि होश गरौ !

सबको प्यारो सगरमाथा अलग्गिन खोज्यो भने ,
हाम्रा सबै खोला- नाला सुक्ला फेरि होश गरौ !

बल   गरि   नसमाते    मूल्यवान  चिजहरु ,
अलि अलि  गर्दा गर्दै फुक्ला फेरि होश गरौ !

सोच्दा पनि  भित्र भित्रै  मन रुने नेपालीको ,
स्वर्ग जस्तो सुन्दर् देश चुक्ला फेरि होश गरौ !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com