भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल

सम्प्रेषक : अविरल यात्री Monday, May 17, 2010
अविरल यात्री
----
बिषयक्रम :
दिएर पीर कहाँ गयौ तिमी !
रोपेर झिर कहाँ गयौ तिमी !!

गोरेटो बाटो पहाडको यात्रा !
छाडेर भीर कहाँ गयौ तिमी !!

ताकेर धनु मनभित्र मेरो !
हानेर तीर कहाँ गयौ तिमी!!

लाजले बरा! अनुहार ढाकी !
लुकाई शिर कहाँ गयौ तिमी !!

बालेर आगो अविरल मनमा !
जलाई चीर कहाँ गयौ तिमी !!


अविरल यात्री
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com