भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

बिदेसीहरु बाट हाम्रो धर्म, संस्कृतिमा किन बिरोध र हस्तक्षेप ?

सम्प्रेषक : खांट्टी कुरा Thursday, December 4, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

टुडे
२०७१ साल मङ्सिर १६ गते मंगलवार हेटौडा टुडेमा प्रकाशित

~जनक मान डंगोल
नेपाल मन्दिरै मन्दिर भएको देस हो भनेर विश्वले चिन्ने गरेको छ भने विश्वको एकमात्र हिन्दु रास्ट्रको पहिचान बनाउन सफल भएको थियो । बिबिध प्राकृतिक देखि सांस्कृतिक गतिविधिले भरिपूर्ण भएको नेपालको आफ्नै धार्मिक गतिबिधि समेत कायम रहेको छ ।
हरेक ५/५ बर्षमा नेपालको मध्यमाञ्चल बिकास क्षेत्र अन्तर्गत नारायणी अंचलको बारा जिल्लाको बरियारपुरमा पर्ने प्रसिद्ध गढ़िमाई मन्दिरको जात्रा यो बर्ष पनि सुरु भयो । नेपालको सबै सक्ति पिठहरुमा प्राय बलि दिने परम्परा कायम छ भने गढ़िमाई मन्दिरको पशु पंक्षीको बलिले संसारभरिनै ख्याती कमाएको छ किनभने गढ़िमाईको मन्दिरको प्राङ्गणमा दिइने बलि सय हजार नभएर लाखको संख्यामा पशु पंक्षी बलिको नाउँमा चढीने भएर पनि हो ।
प्रसिद्ध सक्ति पिठ अनि भक्तले श्रद्धाले मागेको मनोकामना पूर्ण हुने बिस्वासले गर्दा देस भित्र बाट नभएर छिमेकी भारत बाट समेत लाखौको संख्यामा श्रद्धालुहरु आफ्नो भाकल पुरा गर्न आउने गर्दछन र भाकलमा दिईने भनेको पशु बलिनै हो ।
पशु अधिकारकर्मिको अत्याधिक बिरोध तथा लिखित उजुरीको कारणले गर्दा यो पाली भारतको सम्मानित उच्च न्यायालयले हस्तक्षेप गर्दै सिमा पार पशु बलि लैजान कडाइ गर्नु भन्ने आदेस भएको कारणले गर्दा यो पाली पहिलाको अनुपातमा बलिमा केहि कम भएको देखिएको छ यसको मतलब बलि चढाउँन छिमेकी मुलुक भारतबाट येथेस्ट मात्रामा भक्तजनहरु आउँदा रैछन भन्ने पुस्टि हुन्छ ।  सम्मानित अदालतको कडाईको कारणले गर्दा महिनौ अगाडी पशु नेपाल भित्र्याएर आफ्ना नातेदार ईस्टमित्रको घरमा नराखेको पनि कहाँ हो र तर खाने मुखलाई जुंगाले छेक्दैन भने जस्तो आफ्नो आस्था र धर्मलाई जतिसुकै छेकबार लाए पनि मान्छेले आफ्नो परम्परा निभाउन भने कदापि छोडेन भन्ने उदाहरण पनि हो यो ।
पशु पंक्षी देखि जलचर प्राणी समेत बलि दिने चलन बौद्ध बाहेक अन्य धर्मावलम्बी अझ सम्म कायमै छ । ईस्लाम धर्मालम्बीहरुले कुर्बानिमा पशु बलि दिन्छन भने ईसाईहरुले निस्तार र थ्यांक्स गिभिंगको नाउँमा पशु पंक्षी बलि दिन्छन तर नेपालको हिन्दु धर्मालम्बीहरुको चाडपर्वहरुमा दियको बलि बिरुद्ध पश्चिमाले तिनका भरियाहरु लगाएर कोकोहोलो मच्चाउनुको कारण चैँ के हो ?
नोभेम्बर २७ तारिख यो पाली ईसाई धर्मालम्बीहरुले ‘थ्यांक्स गिभिंग’ भन्दै करोडौ टर्की चरा भोग लाउँदै वाईन भन्ने मद्संग ‘थ्यांक्स गिभिंग’ पर्ब मनाए तर कोहि कसैले बिरोध गर्ने हिम्मत गरेनन । अस्ती केहि महिना अगाडी ईस्लाम धर्मालम्बीहरुको महान चाड बकरईदमा संसारै भरि उँट देखि गोरु हुँदै खसी बोका सम्म कोर्बान भन्दै बलि चढ्दा पशु देखि पश्चिमा अधिकारकर्मीले कुनै आवाज उठाएनन किन ?
भारतको हरियाणा वतन भएका टाउका फेटा बाधेर गेरु वस्त्र धारण गरेर हिड्ने स्वामी अग्निबेस नामका व्यक्ति अधिकारकर्मी तथा राजनीतिज्ञ समेत हुन । तिनै स्वामी अग्निबेस यो पालि ‘गढ़िमाई पशु बलिको बिरोध’ मा खुलेर लागे तर तिनले भनेको कसैले सुनेनन र सुन्दा पनि सुन्दैनन किनभने त्यहा व्यक्तिको आस्थाको कुरा छ ।
माओबादी भन्नासाथ हिंस्रक गतिबिधि गर्ने समुह भनेर संसारभर प्रख्यात छन । भारतमा ‘नक्सल आन्दोलन’ भनेर ख्याती कमाएको माओबादी आन्दोलनको कट्टर समर्थक हुन स्वामी अग्निबेस भने नेपालको माओबादी आन्दोलनको नाइके डाक्टर बाबुराम भटराईको त गुरु देखि बाबुराम भटराईको हिसिला यमी संग बिवाह गराई दिने लमी समेत हुन । हिंसात्मक गतिबिधि गर्ने माओबादीहरुको कट्टर समर्थक स्वामी अग्निबेसले नेपालको गढ़िमाईमा आएर पशुबलिको बिरोध गर्नु हास्यापद छ कि छैन ?
नेपालको माओबादी मात्र नभएर पुराना राजनीतिक पार्टी कांग्रेस हुन या अन्य वामपन्थी पार्टीहरु प्राय हत्या र हिंसाको राजनीतिमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न छन भने निर्दोष जनता तथा सान्ति सुरक्षामा खटिने सुरक्षाकर्मी माथि हिंसात्मक गतिबिधि गर्ने पार्टीका नेताहरुले स्वामी अग्निबेस देखि अन्य पश्चिमा अधिकारकर्मिको मागमा नैतिक समर्थन किन र के कसरि दिए त्यो नेपाली जनताले अब प्रश्न गर्ने कि नगर्ने ?
८३% हिन्दु धर्मालम्बी नेपालमा बसोबास गर्छन भनेर नेपालको सरकारी निकायले लिखत घोषणा गरेको छ । हिन्दु बाहेक अन्य हिन्दु धर्म जस्तै मान्ने समुदायको पनि कुनै कमि छैन भने ईसाई तथा ईस्लाम धर्मालम्बीहरु नेपालमा अल्पमतमा छन । अल्पमतमा छन भन्दैमा बहुसंख्यकले पेलेर लानु पर्छ भन्ने यो पंक्तिकारको आसय हैन तर नेपालको राजनेताहरूको सोचाई जनताको सोचाई भन्दा आकास पाताल फरक्क छ भन्ने कुरा जनताको अनुमति बिना रातारात चोर बाटो बाट ‘धर्म निरपेक्ष’ घोषणा गरेको बाट थाहा हुन्छ कि हुन्न ?
जब जनताको अनुमति बेगर चोर बाटो बाट ‘धर्म निरपेक्ष’ घोषणा गरे पछी बिदेसिहरुले आएर हाक्काहाकी राजनीति देखि धार्मिक गतिबिधिमा हस्तक्षेप गर्नु त्यो कुन चैँ नयाँ र ठुलो कुरा भयो ? त्यसैले अब देसको राजनीति, धर्मिक र संस्कृति बचाउनु छ भने देशलाई पुरानै २०४७ को संबिधानमा फर्काउनु पूर्ण जरुरि भई सकेको छ र लोकतन्त्रको नाउँमा यस्तै गरि खुल्ला छुट दिंदै जाने हो भने भोली हाम्रा पिता पुर्खाले आर्जेको स्वतन्त्र देसको अस्तित्व नै नमेटिएला भन्ने के ग्यारेण्टी छ र किनभने नेपालको राजनीतिक पार्टी देखि ति पार्टीका नेता तथा तिनका कार्यकर्ताहरु देस र जनता प्रति कत्तिको बफादार छन भन्ने कुरा २५ बर्ष सम्ममा प्रत्यक्ष देखि भोगी सकिएको हो नि ।


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com