भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

तपाई साकाहारी मांसाहारी ?

सम्प्रेषक : खांट्टी कुरा Sunday, November 30, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

तामिल समुदायको पर्व थाई पुसम
मध्य नेपालको बारा जिल्लाको गढ़िमाई मन्दिरको पशुबली लाई लिएर यो साल संसारभरिका अखबार देखि सबै प्रकारको मिडियाले प्रमुखताको साथ स्थान दिएर छापे, लेखे, बोले र देखाए पनि ।
बलि दिनु ठिक होला, बलि दिनु बेठिक होला त्यो सदियौ देखि चल्दै आएको बहस हो र यो कहिले अन्त्य नहुने बहस पनि हो ।
देबी देउता ईश्वर छ वा छैन भन्ने कुरा आज सम्म कसैले पनि प्रत्यक्ष देखेका छैनन भने ज्युदा ईस्वर सम्झेर पुजिएका ईस्लामको पैगाम्बर मोहम्मद हुन या ईसाईको जिसस अथवा बौद्ध धर्मालम्बीको बुद्ध ति देबहरु हैनन र मान्छेले देब अथवा ईश्वरको पदवी दिएर आस्थाको साथ मानेर पुजा तथा आराधना गरेका हुन र ईस्वर भनेर जन्मिने तथा मान्ने चलन अझै पनि अधाबधिक नै छ उदाहरणको लागी साईबाबा, निर्मलबाबा देखी बौद्धको दलाई लामा आदि ।
तामिल समुदायको पर्व थाई पुसम
दक्षिण भारत तथा दक्षिण भारतबाट बसाई सरि गएका तामिल समुदायका नागरिकहरुले तामिल पात्रो अनुसार जनवरी/फरवरीमा 'थाईपुसम' भन्ने पर्व मनाउछन । त्यो पर्ब कम्जोर हृदय भएका मान्छेहरुले कदापि हेर्न सक्दैनन किन्भाए त्यो अर्बको ब्रतालुहरुले आफ्नो सरिरका विभिन्न नाङ्गो अंगहरुलाई विभिन्न धातुले छेडेर नागरिक तथा श्रद्धालुहरुको बिचमा प्रदर्शन गर्ने गर्छन र त्यस्तै प्रकृतिको चलन हाम्रो नेपालमा पनि छ र जसलाई 'बोडे जात्रा' भनेर भनिन्छ । तामिले समुदायले सरिर का विभिन्न अंग देखि जिब्रो समेत छेडछन भने नेपालमा जिब्रो मात्र छेड्ने गर्छन ।
बलि प्रथा हुन या सरिर छेड्ने प्रथाको दृश्य भयावह हुन्छ र यो पंक्तिकार समेतले सिधा नजरले त्यस्ता दृश्य हेर्न र पचाउन सक्दैन तर कसैले आस्था मानेर चलेको चलन मान्छन भने ईन्कार गर्न सकिदैन र मिल्दैन भन्ने यो पंक्तिकारको मान्यता हो ।
पशु वा पंक्षीको हत्या नगरे सम्म मासुजन्य विभिन्न परिकार बन्न सक्दैन किनभने मांसाहारी जनावरले पनि सिकार गरे पछी सिकारलाई उधिनेर मासुजन्य पदार्थ मात्र सेवन गर्ने गर्छन भने हामि भनेको चेतनायुक्त मानव भए पछी पशु वा पंक्षीको हत्या गरे पछी सफा सुग्घर गरेर खाने चलन छ ।
सामाजिक संजाल फेसबुकमा एकथरी मित्रहरु गढ़िमाई पशुबलिको बिरोधमा युद्धस्तरमा लागेर कुर्लेको देख्दा यो पंक्तिकारले के रैछ भनेर जान्नको लागी पहिलो प्रश्न गरियो तपाई माछा मासु खानु हुन्छ कि खानु हुन्न ? ति मित्रले निसंकोच तरिकाले जवाफ दिए किन खाईदैन, खाईन्छ । पशु पंक्षी भनेकै खानको लागि पाल्ने गरिन्छ । त्यसो हो भने देबी देउताको थानमा चढाईएको बलिको बिरोध किन गर्नु हुन्छ ? मित्रले जवाफ दिए पशु पंक्षीको विभत्स हत्या गरेर रगत बगाउनु त्यो जायज हैन र सफा सुग्घर स्थान बधसालामा मात्र काटेको मासु सेवन गर्नु पर्छ ।
गाउँघरमा बधसाला हुन्छ ? गाउँघरमा सबै दिन पशु पंक्षीको काटमार हुन्छ ? नेपालीले दैनिक मासु खान सक्छन ? यस्ता खालका प्रश्नको जवाफलाई ति मित्रले सहि र सटिक भाषामा दिन नसकेर बागमती विष्णुमति किनारमा काटेको मासु खाने बानि परेको लाइ के थाहा पशु बधसाला जस्ता कुतर्क दिन समेत पछी परेनन ।
ति मित्र रोजगारीका सिलसिलामा खाडीमा छन र रोजगारीमा जानु भन्दा पहिला धेरै राजधानी काठमान्डौ नधायेका पक्कै हैनन र काठमान्डौको सस्तो र छिटो खाना देखि खाजा भनेको 'मोमो' हो र त्यसको मासु के को हुन्छ र कसरि तयार पारिन्छ के ति मित्रलाई थाहा नभएकै हो त ? तर थाहा हुँदाहुँदै पनि कुतर्क दिन्छन भने तिनको नियतमा संका गर्नु पर्ने देखियो कि देखिएन ?
गढ़िमाईमा पशु बलि दिन सयमा पचहत्तर प्रतिसत नागरिक सिमापारी भारत बाट आउछन भने धार्मिक आस्थाको केन्द्रमा बलि दिन नआईज भनेर भन्न मिल्छ ? सिमापारी संग नेपालको रोटि देखि बेटी सम्मको साइनो छ चाहे त्यो भारत हुन या चिनको भुमि तिब्बत भने अनाबस्यक कुतर्क किन ?
बिदेसी खासगरी पश्चिमाहरुले गढीमाई बलि प्रथाको बिषयलाई लिएर मिडीयाबाजी गरेको महिनौ भयो र देस देखि बिदेसमा समेत प्रदर्शन गरे तर आफ्नै धर्मावलम्बी देखि ईस्लाम धर्मावलम्बीहरुले समेत लाखौ करोडौ जीव जन्तु देखि जलचर समेतको बलिको नाउँमा हत्या हुँदा किन बोल्दैनन ? जसरि बिदेसिले नेपालको मन्दिरहरुमा दिईने पशु बलिको बिरोध गरे त्यस्तै गरि हाम्रा पशु पंक्षी चिन्तकहरुले ईसईको निस्तार तथा थ्यांक्स गिभिंग अनी ईस्लामको कोर्बानी पर्वमा हुने करोडौ पशु तथा पंक्षीको हत्याको बिरोध किन गर्दैनन ?
बिदेसिले जे बोले जे भने त्यो सहि तर तिनका खराब गतिबिधि माथी बोल्न सक्दैनन भने नेपालको धार्मिक आस्थामा आफ्नैले अम्लो ठड्याउन मिल्छ ?
तपाई सुद्ध साकाहारी हुनुहुन्छ भने माया र प्रेमले पशु तथा पंक्षी हत्या गर्नु हुन्न भनेर सम्झाउनुस बुझाउनुस त्यो ठिक हो तर दिनको दुई छाक मासुजन्य पदार्थ बिना बाच्न सक्नु हुन्न भने तपाईले गरेको पशु बलिको बिरोध भनेको पानीमा पादेको जस्तै हो किनभने पानिमा पाद्दा न आवाज सुनिन्छ न गन्ध नै छोडन सक्छ भने कुतर्क र वाहियात कुरा गरेर समाजमा भ्रम छर्ने काम नगर्दा नै राम्रो भन्ने यो पंक्तिकारको भनाई हो ।
janakdangol@gmail.com


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com