![]() |
| फेसबुकबाट साभार ! |
२०४६ सालको प्रजातन्त्र पस्चातको पहिलो आम निर्वाचन २०४८ मा ने.क.पा एमाले देसकै दोस्रो पार्टी बन्न सफल भयो ! नेपालि कांग्रेसले बहुमतको आधारमा सरकार बनाउन सफल भयो तर अहंकारी, घमण्डी र अबसरबादीको जमातले भरिएको नेपाली कांग्रेसमा सत्ताको लोभीहरुले पार्टी फुटाएको कारणले गर्दा बहुमतको सरकार ३ बर्ष पनि राम्ररि टिक्न सकेन !
बाहुबलीको सहायताले सत्ता देखि पार्टी कब्जा गर्ने चलन छिमेकी मुलुक भारतको धेरै राज्यहरुमा चलन बसेको छ ! हाम्रो देस संग सिमाना जोडिएको भारतको सिक्किम, पस्चिम बङ्गाल, बिहार, उत्तर प्रदेस देखि उत्तराखंड सम्मको राज्यहरु मध्ये बाहुबलीले सत्तामा प्रत्यक्ष असर पुर्याउन सक्ने राज्य भनेर बिहार र उत्तरप्रदेस राज्यहरुलाई मुख्य रुपमा लिन सकिन्छ !
बाहुबली भन्नाले अपराधीको नाईके भनेर बुझिन्छ ! अपराधी भनेसी उसको काम र कार्यको बर्णन गर्नु जरुरि भएन ! जब राजनीति गर्ने राजनेताले आफ्नो पार्टीमा बाहुबली भित्र्याउन सुरु गर्छन त्यस पछी त्यस्ता राजनीतिक पार्टी जतिसुकै लोकप्रिय किन नहुन बिस्तारै जनताको नजरबाट गिर्न सुरु हुन्छ !
बाहुबल बिना पार्टी देखि सत्ता कब्जा गर्न सकिदैन भन्ने भ्रम पाल्न थालेसी पार्टी देखि देसको बिकास सम्ममा प्रत्यक्ष असर पर्छ भन्ने कुरा के नेपालको राजनेताहरुलाई थाहानै नभएको हो र ? थाहा हुँदाहुँदै पनि आफ्नो व्यक्तिगत फाईदाको लागि जस्तोसुकै घृणित काम कार्य गर्न पछी हट्दैनन र ति नेताहरुलाई यस्तो कार्यमा साथ दिने तिनका कार्यकर्ता देखि ति नेताहरुलाई मत दिएर उच्च स्थानमा पुर्याउने मतदाता पनि त उत्तिकै दोषी छन कि छैनन ?
२०५१ सालको प्रजातन्त्र पछीको दोश्रो मध्यावधि निर्वाचनमा कुनै पार्टीको बहुमत नहुँदा ठुलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार बनायो र त्यहि अल्पमतको सरकारमा हिजो गृहमन्त्रि हुँदा क. ओली जति देस र जनताको नजरमा हाईहाई हुनु हुन्थ्यो त्यो आज छैन ! जब मान्छेले मनमा तृष्णा पाल्न सुरु गर्छन त्यस पछी त्यो मान्छेको पतन हुन सुरु हुन्छ यो ध्रुब सत्य पनि हो !
२०५६ साल देखि आजको मिति सम्ममा आफुले उचाईको सगरमाथा छुन क.वलीले के गर्नु भयो र के के गर्नु भएन त्यो देस बिदेसमा बस्ने सबैलाई मुखारी छन फरक त्यति हो कसैले हाक्काहाक्की भन्न सक्छन, कसैले भनेको लाई पछाडीबाट समर्थन गर्छन भने कसैले मनमै गुम्स्याएर राख्न मन पराउछन ! यस्तो कार्यमा क. ओली मात्रै हुनुहुन्छ भन्न खोजिएको हैन तर उहाँको चर्चित व्यक्तित्वको कारणले गर्दा नाम लिन बाध्य परेको हो !
जब राजनेताहरुले आफ्नो मन मुराद पुरा गर्नको लागी अपराधको दुनियामा लागेका समाजको धमिराहरुको संरक्षण गर्न सुरु गर्छन र त्यस्तो कार्यको बिरोध नगरेर मौन समर्थन दिन्छन भने अपराधीलाई बढावा दिने नेता देखि तिनका अपराधलाई मौन समर्थन दिने पनि उत्तिकै दोषी हुन्छ किनभने संसारको सबै कानूनको कितावमा स्पस्ट लेखिएको छ अपराध गर्ने अपराधी हुन्छ र तिनको अपराधलाई समर्थन दिने देखि अपराधीको जानकारी नदिने सम्म पनि उत्तिकै दोषी हुन्छ भनेर लेखिएको छ !
![]() |
| फेसबुकबाट साभार ! |
भर्खरै भनिएको दोहोरो भिडन्तमा ने.क.पा एमालेको पार्टी सदस्यको मृत्यु भएको खबर बाहिर आयो ! मृत्यु हुने व्यक्ति प्रहरीको मुख्य अपराधीको सुचिमा रहेको भनेर बिगतका बर्षहरु देखिने नेपालको छापाहरुले लेख्दै आएको थियो ! उपनाम भलै जे सुकै राखुन तर राजधानी संगै जोडिएको जिल्ला धादिंग निवासी दिनेस अधिकारि भनेर चिनिएको ति व्यक्ति कुख्यात अपराधी हुन भनेर थाहा हुँदाहुँदै पनि पार्टीको मुखियाले आफ्नो नजिकको मान्छे भनेर परिचय दिंदै हिजो राजनीतिक संरक्षण दिनु त्यो गलत हो कि हैन ?
अपराधी चाहे जो सुकै किन नहुन तिनले गरेको अपराधलाई समर्थन गर्नु अपराधीकै श्रेणीमा गनिन्छ भनेर कानूनले परिभाषा गर्दा गर्दै पनि कानूनको परिभाषा भित्र पर्न ठुला नेता देखि तिनका कार्यकर्ता हुँदै मतदाताहरु सम्म रुचाउछन भने समाजमा प्रहरीले शान्ति सुरक्षा गरेन भनेर भन्न मिल्छ ? प्रहरीले आफ्नो कर्तब्य निर्वाह गर्दैनन भने अबस्य पनि भन्न मिल्छ तर रास्ट्र सेवक सबै तह र तप्काका कर्मचारीहरुलाई कानूनको पालना गर्न नदिने हो भने राजनीतिक पार्टी तिनका नेता र कार्यकर्ताले चोर अम्लो किन ठड्याउने र ठुलालाई चैन र सानोलाई मात्र ऐन लाग्नको लागि ‘लोकतन्त्र’ ल्याईएको हो भने यस्ता कथित लोकतन्त्रलाई ‘मुर्दाबाद’ भनेर अब भन्न पाईन्छ कि पाइदैन ?






ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
