![]() |
| JankManDangol |
नेपालको सम्माननीय प्रधानमन्त्रि श्री सुसिल प्रसाद कोइरालाज्युको निमन्त्रणामा दक्षिणी छिमेकी मित्र रास्ट्र भारतको सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदर दास मोदिज्युको यहि मिति २०७१ साल श्रावण गते दुई दिवसीय भ्रमण सु-सम्पन्न भयो ।
भ्रमणको सुरुकै दिन नेपालमा हाल चलिरहेको संबिधान सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा पाहुना प्रधानमन्त्रीले ब्यक्त गर्नु भएको मन्तब्यको क्रममा केहि बुँदाहरु नेपालको जनताको हक हितमा प्रत्यक्ष फाईदा नहुने देखिएकोले कोट्याउने जमर्को गरेको छु ।
१. छात्रवृत्ति : नेपाललाई धेरै मित्र रास्त्र्हरुले छात्रवृत्ति प्रदान गर्ने गरेको छ । छात्रवृति प्रदान गर्नुको उद्धेश्य गरिब जनताको जेहेन्दार सन्ततिको उज्वल भबिस्य बनाउनुको साथै ति बिधार्थीले पछी गएर देसको बिकास निर्माणमा सहयोग प्रदान गरुन भन्ने हो । तर त्यसो भएको देखिदैन ।
२०४६ सालको प्रजातन्त्रको आगमन पस्चात नेपालको मुख्यत कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुबाट नेपाली जनताहरुले धेरै आसा गरेका थिए तर ति आसा सबै निरासामा परिणत भएको छ । मित्र रास्ट्रहरुले प्रदान गरेको छात्रवृति गरिब जनताको लागी नभएर राजनीतिक पार्टीको सिफारिसमा सम्बन्धित देसको राजदुताबासहरुले नेता र तिनका नजिकका आसेपासेको सन्तानलाई वितरण गर्ने गरिन्छ । उदाहरणको लागी ने.क.पा एमालेको बरिष्ठ नेत्री क.विधा भण्डारी बितेको २५ बर्षमा पटक विभिन्न मन्त्रालयहरुको गरिमामय मन्त्री पदमा आशिन भै सक्नु भएको छ भने उहाँको छोरीहरु भारतको जवाहरलाल नेहरु विश्वाबिधालयमा अध्ययनरत छन ।
त्यस्तै २०६३ को कथित जनआन्दोलन पछी चुनाव जितेर सरकार बनाउने माओबादीका नेताका सन्तानहरु मित्र रास्ट्र चीनमा अध्ययन गर्छन । त्यसै गरी भर्खरै माओबादी पार्टीका प्रभावसाली नेता तथा पुर्ब प्रधानमन्त्री डा.बाबुराम भटराईको एक मात्र छोरी पनि भारतको जवाहरलाल नेहरु बिस्वबिधालयमा पी.एच डी गर्न गएकी छिन । यी सबै नेताका सन्तानहरु मित्ररास्ट्रहरुले उपलब्ध गराईएको गरिब तप्काका जेहेन्दार सन्ततिको लागी हो भने प्रभावशाली नेता तथा तिनका सन्तानहरु पढाईमा अब्बल होलान तर तिनीहरु कसरि गरिब तप्काको भए !
जब गरिब तप्काका जेहेन्दार सन्ततिहरुले छात्रवृत्तिको उपभोग गर्न पाउदैनन र नेता तथा तिनका आसेपासेली मात्र ति छात्रवृतिको उपभोग गर्न पाउने हो भने त्यस्ता छात्रवृतिको के औचित्य हुन्छ भने भर्खरै भारतको सम्माननीय प्रधानमन्त्रीबाट १२५ को कोटा बाट २५० को कोटा बनाईएको त्यो छात्रब्रिती नेपाल सरकार अन्तरगत गरिबको जेहेन्दार सन्ततिलाई वितरण नगरी सिधै प्रभाबशाली नेताको सिफारिसबाट राजदुताबास बाट छात्रवृत्ति वितरण गरिने हो भने त्यस्ता छात्रवृत्ति लिने दिने काममा तुरुन्त रोक्का गरिनु पर्दछ ।
२.संसारभरिका बिभिन्न धनि मनकारी मित्र रास्ट्रहरुले नेपाललाई अनुदान देखि ऋणमा सहयोग दिने गरेको धेरै बर्ष भै सक्यो । राणाकाल देखि नै सुरु भएको यो सहयोगको हिसाब गर्ने हो भने यतिखेर नेपाल विश्वकै धनि रास्ट्रमा गनिनु पर्ने हो तर नेपाल राणाकालिन शासनमा जे जस्तो थियो आज पनि त्यस्तै र त्यहि हालतमा नै छ ! सहयोग तथा ऋणको सदुपयोग देस हितमा नभएर व्यक्तिको हितमा लगाईन्छ भने त्यस्ता सहयोग लिएर गरिब जनताको थाप्लोमा दिन प्रतिदिन ऋणको भारि बोकाउनु के त्यो जायज हो ?
३.छिमेकी प्रधानमन्त्रीले सरल र सिधा तथा घुमाउरो भाषामा ऋण सहयोग दिन्छु तर त्यसको बदलामा मैले पनि केहि पाउनु पर्छ भन्ने आसय प्रकट गरेको देखिन्छ । ऋण भनेको ब्याजमा पैसा लिने हो र त्यो ब्याजमा लिएको पैसा आधा भन्दा बढी त उतै फर्किने देखिन्छ किनभने हाम्रो पैसाले हाम्रै देसको सामान खरिद गर्नु पर्छ भने पेटबोलीमा उल्लेख छ ।
४.छिमेको प्रधानमन्त्रीले नेपालमा हरेक चिज हुँदा-हुँदै पनि किन सदुपयोग गर्न जानेनन भनेर प्रश्नवाचक चिन्ह नेपाली नेतादेखि जनताहरु सम्मलाई लगाई दिएकाछन । हो नेपालमा प्रकृतिले सबै चिज दिएको छ तर एक चिज चैँ दिएको छैन त्यो हो नेपालको नेता देखि जनता सम्मलाई बुद्धि !
नेपाली जनताको बुद्दी भई दिएको भए चुनाव अगाडी भिजेको मुसा र बिरालो जस्ता यी राजनीतिक पार्टीका नेताहरुले चुनाव पछी बिरालोले जसरि सिकार र मुसाले जसरी नास गर्छन भन्ने कुरा थाहा हुँदाहुँदै पनि पटक-पटक देस र जनतालाई धोका दिने पार्टीका नेताहरुलाई निर्वाचनमा बहुमत दिएर सरकार बनाउन पठाउदैन थिए !
नेपालको सबै ठुला पत्रिकाहरुले भंगेरे अक्षरमा दिनहुँ चालीसौ लाख नेपाली युवा युवतीहरु बिदेसमा श्रम गर्दैछन भनेर छाप्छन ! सरकारमा बसेर बिकासको योजना बनाउने ति नेता देखि मन्त्रिहरु सम्मको दिमाग भई दिएको भए रेमिटान्सकै पैसाले देसमा मनग्य बिकास गर्न पुग्छ ।
उदाहरणको लागी चालीस लाख बिदेसिएका जनशक्ती बाहिर जाँदा एक ब्यक्ति कम्तिमा पनि तीन बर्ष बिदेश बस्छन ! प्रति महिना १००को सेयर ले बर्षको १२ हुन्छ भने ३ बर्षमा ३६ अर्थात ३६०० हुन्छ ! १०० को प्रति सेयर कित्ता ले एक व्यक्तिको भागमा हिसाब लगाउँदा ३६०० सेयर कित्ता हुन्छ भने बिदेशमा बसेर श्रम गर्नेको हकमा त्यो त्यति ठुलो रकम पनि हुन्न ! बार्षिक ४८ अर्ब त त्यसै हुने रहेछ भने प्रत्येक बर्ष हुने ४८ अर्बले बिधुत लगायत सुरुंग मार्ग, रोपवे, खानेपानिहरुमा सेयरको हिसाबले लगानी गर्ने हो भने सधै भरि बिदेसीको अगाडी भिख र ऋण माग्नु पर्ने अबस्था हुन्छ ?
रसुवाको चिलिमे जल बिधुत आयोजनाको रु १००/- को प्रति कित्ता सेयर आज २७ सयको हाराहारीमा पुगेको छ भनेर समाचार छाप्ने पनि हाम्रै ठुला मिडिया घरानाका पत्र पत्रिकाहरु हुन भने लगानी गरेपछी त्यो लगानीको दोब्बर-चौबर सम्म नाफा आउने रहेछ भने एकै व्यक्तिले लाखौ नभए पनि दशौं हजारको सेयर पनि त खरिद गर्न सक्छन भने आफ्नै देस भित्रका नागरिकसंग अथाह सम्पति हुँदा-हुँदै पनि कागती निचोरिएको मुहार बनाएर ईमान जमान बेचेर सधैभरि बिदेसी सित हात फैलाउनु स्वाभिमानी नेपालीहरुको लागि उचित हुन्न त्यसैले ठोस योजना बनाएर यस तर्फ बेलैमा पाईला चाल्नु जरुरि भै सकेको छ !





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
