भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

सफलता ( लघुकथा )

सम्प्रेषक : खांट्टी कुरा Wednesday, August 6, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

रविन्द्र समीर
रविन्द्र समीर

" जीवनमा केही उपलब्धिमूलक काम गर्न सकिएन .......सबैतिर असफताबाहेक हात लाग्यो शून्य " ब्राम्हण पण्डित नारायणहरिले लोकल ठर्रासँग बूढो राँगोको सेकुवा चपाउँदै निरासा व्यक्त गरे।

ईश्वरको वरदान भनेर सन्तानको ...बाबु हुँदा पनि उनीसँग दुईजना छोरीमात्र बाँकी रहेका थिए, शेष अल्पायुमै यमराजको संसारमा पुगिसकेका थिए।

मनबहादुर विश्वकर्मा पनि त्यही होटेलमा दूधको सुर्को तान्दै पण्डितलाई सम्झाउन थाले " आ पण्डितजी पनि ......चौरासी पूजा गरेको चार वर्ष भइसक्यो, केको असफलता नि ? "

" हजुरको एउटा पुत्र सर्पले टोकेर मर्‍यो, दोस्रो भीरबाट खसेर, तेस्रो सडक दूर्घटनामा परेर, चौथो विषमज्वरको सिकार भएर, पाँचौ लागूपदार्थले कुहिएर, छैठौँ डाँकाहरूले छप्काएर, सातौँ छोरी प्रसव वेदनाले छट्पटिएर, आठौँ दोहोरो भिडन्तमा ढाल भएर, नवौँ हिँड्दाहिँड्दै हृदयघात भएर, दसौँ विद्रोही भएर, एघारौँ सुरक्षा फौज भएर ......! गर्भमा बीजारोपण भएदेखि प्रत्येक पल मृत्युका खुडि्कलाहरू पार गर्दै बूढो होउञ्जेल बाँच्न पाउनु सानो सफलता हो? "

पण्डितजीलाई मनबहादुरको तर्क बेजोड लाग्यो। प्रत्येक पल करोडौँ भवितव्यहरू पार गरेर आजको युगमा पनि " बूढो " हुन पाएकोमा पण्डितजीको नाक घिरौँला जत्रो भयो।
https://www.facebook.com/sameer.rabindra
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com