भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कुरोमा कुरो !

सम्प्रेषक : खांट्टी कुरा Tuesday, August 5, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
तस्बिर साभार: सेतोपाटी डिजिटल पत्रिकाबाट !
लिम्बुहरुको देउता बुढा सुब्बा र सुब्बेनी हुन ! उहिलेको किराती प्रदेस विजयपुर भन्ने हालको धरानमा बुढा सुब्बाको मन्दिर पनि छ ! त्याहा बरु लिम्बु लिम्बुनीहरु जान्छन कि जान्नन तर हिन्दु किराती बौद्ध जस्ता सबै श्रद्धालुहरु अत्यन्त श्रद्धाका साथ् धर्म कमाउन जान्छन भने बुढा सुब्बा देउताको हतियार गुलेली र मट्याग्रां हो !

मनुका सन्तान भनेर एक दिनमा हजार पटक विभिन्न सामाजिक संजालहरुमा खिसीट्याउरो मात्रै हैन पानी बाराबारको स्थितीमै पुर्याउने पनि हाम्रै पुर्बेली केहि मुट्ठीभरका लिम्बु नेताहरु छन ! मनुका सन्तान भनेको बाहुन र क्षेत्रीरे ! यसरि मनुवादको बिरोध गर्नमा पछाडी बाट लिम्बुहरुलाई धुप धुवारं गर्नेमा हाम्रा कथित जनजाती नेता भनेर कहलाईएको श्री आंगकाजी शेर्पा kajikisan.sherpa मुख्यरुपमा पर्नु हुन्छ तर उहाँको धर्मचैँ बौद्ध हो तर बुद्धलाई सारा संसारले पुज्छन !

उहिलेको विजयपुर भनेको राईहरुको राज्य ! वल्लो किरात, पल्लो किरात, माझ किरात यो भनेसी किरातीहरु परे भनेसी किरात्तिहरुको राज्यमा लिम्बुहरु हुनेता कुरै भएन भने लिम्बुहरुको देउता बुढा सुब्बाको मन्दिर उहिलेको विजयपुर् भन्ने हालको धरानमा कसरि बन्यो ? गुलेलीबाट उम्रेको भएर विजयपुर तिरको बाँसमा टुप्पा हुन्न ! बिस्वास लाग्दैन भने धरानतिरको बाँसमा गएर हेर्नुस !

खुकुरीखुकरी, खुँडा, धनु कांड त गोर्खालीको हतियार भयो ! त्यहि खुकरी, खुँडा, धनु कांड हतियारको भरमा गोर्खालीले पूर्वको टिस्टा देखि पस्चिमको कांगडा सम्म सिमाना बनाको भनेर ईतिहासमा पनि लेखिएको छ र उक्त स्थानहरुमा सबुद अहिले सम्म पनि बोलि रहेको छ ! बिस्वास नलागे उक्त स्थानहरुमा गएर हेरे हुन्छ !
हेर्नुहोस विकिपिडिया http://ne.wikipedia.org/wiki/%E0%A4%96%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%B0%E0%A5%80
‘सुर्य’ भनेको मनुबादी भन्ने ब्राम्हण क्षेत्रीको देउताहरु मध्येमा पर्दछ ! सुर्यलाई भगवान सुर्यनारायण भनेर प्रत्येक दिन बिहान मनुका सन्तान भन्ने बाहुन क्षेत्रीले जनै हातमा राखेर पानीचढाउछन भने बाहुनका बाहुनीले पनि सारीको सप्को टाउका राखेर सुर्यलाई अर्घ्य दिन्छन !

तस्विर साभार: गुगल सर्च !
मनुबादी भन्ने बाहुन क्षेत्रीको मुख्य देउता भनेर ब्रम्हा बिष्णु महेस्वर भनेर चिनिन्छ भने अरु देबी देउता देखि भुत, प्रेत पिचास सम्म पर्दछ ! ३३ कोटी देउतामा सबै भन्दा कडा देउतामा महेश्वर भन्ने महादेव पनि पर्दछ भने महादेवको विभिन्न स्वरूप र अवतार मध्येको एक किरातेस्वर महादेव पनि हो ! किरातेस्वर महादेवको मन्दिर नेपालको थुप्रै स्थानहरुमा अबस्थित छ !

मनुबादी भन्ने बाहुन क्षेत्रीको देउता र तिनका हतियारको चर्चा माथि बर्णन गरे ! किन यस्तो कुरा कोट्यायो भनेर सोच्नु भाको छ भने अब कुरोको चुरो तिर लाग्छु !
मनुका सन्तानलाई उल्का सित सराप्दै २०६३ साल पछी नेपाल भरि नै विभिन्न कथित जनजातिहरुले संघ संगठन देखि पार्टी सम्म खोल्ने काम गरे ! यसरि संघ संगठन देखि पार्टी सम्म खोल्न उक्स्याउनेमा माओबादी नामको पार्टी अग्र पंक्तिमा पर्दछ तर माओबादी पार्टीको मुख्य नाईके पनि मनुका सन्तान भन्ने बाहुन नै हुन र तिनै नाईकेका भाई नाईकेहरु प्राय सबै बाहुनहरुनै छन !

जात अनुसारको राज्य दिन्छौ भनेर फुर्क्याये अनुसार पूर्वका लिम्बुहरुले पुरानो पृथ्बीनारायण शाहसंग गरेको सन्धि पत्र देखाउदै यो बदर गरेर हाम्रो पुरानो राज्य लिम्बुवान फिर्ता हुनु पर्छ भने हिँसात्मक संघर्ष गर्न थालेको पनि निकै बर्ष भो ! यसरि आन्दोलन गर्ने लिम्बु जातिहरुको पार्टी एक बाट पाँच पुगी सकेको रैछ ! आफ्नो जातिको हक हितको लागी लागेको भए एक बाट किन र कसरि पांच पार्टी गठन हुन पुग्यो यो कुराको जवाफ दिन सक्छन !

राजनीतिका पार्टी वा दलहरु धेरै हुनु राम्रो कुरा हैन ! भर्खरै सबै लिम्बुवान प्रति आस्था राख्ने पार्टीहरु एक भएर पार्टी एकीकरण गरेछन त्यो स्वागतयोग्य काम र कदम हो !
तर
मैले माथिनै हल्का व्याख्या गरेको देउता र हतियारको बारेमा ! भर्खरै धनकुटा जिल्लाको भेडेटारमा लिम्बुवानहरुको एकीकरण बैठकमा एकिकृत पार्टीको झण्डाको बीच भागमा राखिएको ‘सुर्य’ मनुबादीको आस्थाको देउता हो भने लिम्बुवान पार्टीको झन्डामा ‘सुर्य’ किन राखियो ? दाप सहितको खुकुरी पनि मनुकै सन्तान मध्य क्षेत्रीको हतियार हो भने लिम्बुवानको पार्टीको चुनाव चिन्हमा त्यसलाई किन राखियो ? लिम्बुहरुको देउता बुढा सुब्बा हतियार गुलेली र मट्याग्रां हो भने मनुका सन्तानले खेलाउने हतियार कसरि लिम्बुवानको चुनाव चिन्ह भयो ?

त्यसैले मदेस्बादी देखि थारुवान, लिम्बुवान हुन या खम्बुवान, ताम्सालिंग हुन या मगरात वा तमु यी सबै बिदेसीहरुले उचालेको भरमा जन्माउन लगाईएको हो ! नेपालमा कुनै एक जाति वा धर्मको बाहुल्यता छैन भन्ने कुरा जान्दाजान्दै पनि गाउँ समाज देखि देसका जनताहरुमा समेत भ्रम छर्न खोज्दाको परिणाम संबिधान सभाको दोश्रो निर्वाचनमा जनताहरुले देखाई दिंदा पनि अझै पनि जातीय पार्टी खोलेर गाउँ समाजमा अस्थिरता पैदा गर्न खोज्नेहरु गाउँ समाजका मात्र नभएर देसकै धमिरा हुन !

नेपालमा सम्माननीय भन्ने सर्बोच्च पदमा रास्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान सेनापति जस्ता पदहरु पर्दछन भने संबिधानकै नीति निर्माताहरु मध्येकै मुख्य अगुवा संबिधान सभाको सभामुख जस्तो अति बिसिस्ट गरिमामय पदमा मनुका सन्तान छन कि लिम्बुका सन्तान छन त्यसको जवाफ पनि दिउन त एकपटक यी कथित लिम्बुवानीहरुले !
janakdangol@gmail.com

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com