भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

धमिलो पानीमा माछा मार्न पल्केकाहरु संग सावधान !

सम्प्रेषक : खांट्टी कुरा Sunday, June 22, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

(तेरिया मगर, फेसबुकबाट साभार)

हेटौडेली भाई रामकुमार बजगाई हुन या झापाली भाई निकेस प्रसाई, धादिंगे भाई मधुकर अधिकारी या बाँकेका भाई बस्याल यी सबै जातीको हिसाबले ब्राम्हण हुन !
माथीका उदाहरण सबै सर्वसाधारण नेपाली नागरिक हुन र लोकतन्त्रे सरकारले गाँस, बास र कपास लगायतको आधारभुत सुबिधा दिन नसकेको कारणले गर्दा रोजगारीको सिलसिलामा सात समुन्द्रपारी जान बाध्य भएका छन भने जात्तिको हिसावले वैश्य (नेवा:) जातीको पंक्तिकारको कथा र ब्यथा पनी माथीकै नेपाली दाज्यूभाईहरुकै जस्तै हो !
डा. बाबुराम भटराई पुर्व प्रधानमन्त्रि, अर्थ मन्त्रि तथा आर्किटेक्ट इन्जिनियर मात्र नभएर कुनै समयको ठुला पार्टी एनेकपा माओबादीको बरिस्ठ सदस्य समेत हुनुहुन्छ, रबिन्द्र मिश्र पत्रकार तथा बि.बि.सी नेपाली सेवाको नेपाल ईकाईको प्रमुख हुनुहुन्छ भने जातिको हिसावले उहाँहरु दुवै जना मान्यवर पनि ब्राम्हण नै हो !
नेपालको धर्तीमा जन्म लिएर आफ्नै बलबुता अनि करोडौ करोड नेपालीहरुको माया र ममताले १३ बर्षकी बालिका तेरिया फौजा मगरले भारतीय टेलिभिजन जीटिभीले संचालन गरेको ‘डान्स इण्डिया डान्स’ भन्ने प्रतियोगितामा हज्जारौलाइ उछिनेर प्रथम हुन सफल भईन !
तेरिया नाम फौजा मगर जात्ति अर्थात सनातनी हिन्दु धर्मको ‘वैश्य’ जाति ! यो आधुनिक जमानामा जातजाती र धर्म अनि सम्प्रदायको कुरा गर्नु मुर्खता हुन्छ ता पनि जातजाति र थरले समाजमा पहिचानको काम पनि गर्ने भएकोले सकारात्मक हिसावले लिने हो भने कुनै आपत्ति हुँदैन भन्ने मेरो चैँ मान्यता हो !
ति सानी नानि तेरिया मगरको घर बुद्धको जन्मथलो ‘लुम्बिनी’ नजिकको जिल्ला रुपन्देहीको रुद्रपुर गा.बि.स हो भने बाबु मगर तथा आमा क्षेत्रीको समागम बाट ति अद्भुत प्रतिभाको धनी बालीकाले आज भन्दा १३ बर्ष अगाडी यो धर्तीमा पाईला टेकिन !
तालि एउटा हातले बज्दैन ! ताली बजाउन दुवै हातको जरुरत हुन्छ ! बालिका अद्भुत भएर मात्र हुँदैन र यो प्रचारको जमाना पनि हो ! माथि उल्लेखित सबै महानुभावहरु देखि यो पंक्तिकारले पनि सामाजिक संजालहरुको माध्यमबाट ‘सक्दो भोट गरौ तेरियालाई’ भनेर दैनिक जानकारी दिन्थ्यौ ! यस्तै जानकारी दिने नेपाल देखि बिदेस सबै ठाउँमा बस्ने सबै धर्म, सम्प्रदाय देखि जात जातिका नेपालीहरु हुनुहुन्थ्यो !
तेरिया फौजा मगरले जित्नु पर्छ ! तेरिया फौजा मगरले जित्ना साथ फु-मन्तरको तालमा सानो पार्टी ठुलो पार्टीमा परिणत हुँदैनथ्यो ! ठुलो पद पाउला, गरिब धनि होला भनेर सोचेका पनि थिएनन र थियेनौ पनि ! जाति संग कसैको कुनै सरोकार थिएन भने तेरिया फौजा मगरले जित्दा देस र जनताको शिर गर्वले सगरमाथा जस्तै हुन्थ्यो ! सबैको चाहना यत्तिनै थियो ! सबैको सोचाई यत्तिनै हो !
(Aawaj Gorkhali को फेसबुक पेजबाट साभार )
तर,
धमिलो पानीमा माछा मर्न पल्केका केहि बिखन्डनकारीलाई यो कुरा पाच्य भएन ! ‘सर्प देख्दा दुलो बाहिर हात’ चरित्रका यी देसक दुश्मनहरुले मिलेर बसेको नेपालीहरुमा फुट पैदा गराउने उद्देस्यले जातीयताको बिउ रोप्दै ‘राँडो रुवाई’ गरेको देख्दा यस्ता मानसिक स्थिति ठिक नभएको व्यक्तिले बोलेको कुराहरु माथी यो लोकतन्त्रे सरकारले किन अंकुस लाउदैन त्यो चैँ आश्चर्यको बिषय भएको छ ! अभिव्यक्तिको स्वतन्त्रता भन्दैमा मिलेर बसेको नेपालीहरुमा ‘साम्प्रदायिक’ बिचार फैलाएर असान्ती मच्चाउन खोज्छन भने त्यस्तालाइ नियन्त्रण गर्ने कानून पनि त पक्कै बनेको होला !
जनजातीको कुरा गर्छन भने तेरिया फौजा मगरको पिता मगर हुन र आमा क्षेत्रीको छोरी हुन ! यत्ति कुरा पनि नबुझ्नेले मिलेर बसेको समाजमा साम्प्रदायिक सोच फैलाउनु खोज्छन भने त्यस्तालाई मानसिक स्थिति ठिक भएको मान्छेचैँ पक्कै भनिदैन !
अहिलेका जति पनि ठुला लोकतन्त्रे नेताहरु देखि लेखक पत्रकारहरु मध्येका धेरैले आफ्ना जातका केटि पक्कै अनि बिहे गरेका छैनन ! उदाहरणको लागी हेर्ने हो भने क.स्व.मनमोहन अधिकारि (बाहुन) ले नेवार केटि बिहे गर्नु भएको थियो ! त्यस्तै क.डा.बाबुराम भटराई देखि क.वली, कलाकार मदन कृष्ण देखि लेखक पत्रकार खगेन्द्र संगौला सम्मले आफ्ना जातका केटि बिहे गरेका थिएनन ! यो त एउटा सानो उदाहरण हो भने आकास तिर फर्केर थुक्नेहरुले त्यो थुक आफ्नै मुहारमा पर्छ भनेर जब सम्म सोच्दैनन तब सम्म यस्तै हेर्दा झिना मसिना तर भित्र भित्र सल्किने भुषको आगो दन्किने कामचैँ हुदै गर्छ र बेलैमा ननिभाउने हो भने बर्सेनि भोजपुरमा लाग्ने आगलागीले बजारको बजार नै सखाप भाको जस्तै हुन्छ !
त्यसैले बेलैमा सबैको चेत खुलोस ! साम्प्रदायिक, जातीयता र धर्मको हैन नेपाल हामि सबैको हो भन्ने भावना राखौ !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com