भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

पंचायत फर्काउन अब फेरी किन नसोच्ने ?

सम्प्रेषक : खांट्टी कुरा Sunday, January 5, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
हाम्रो देसमा हरेक कुराको नक्कल छिमेकी हिन्दुस्थानको गर्ने गरिन्छ ! छिमेकी त हाम्रो उत्तरको चिन पनि हो तर चिनको नक्कल प्राय गरिदैन ! उत्तरी छिमेकी पूर्णतया कम्युनिस्ट पद्धतिमा चलेको देस हो भने दक्षिणी छिमेकी प्रजातान्त्रिक पंचायती पद्धतिमा !
किन र के कारणले नेपालमा २०१७ सालमा पंचायत ब्यबस्था लागु गरियो त्यसको नालीबेली खोतल्दा लामै हुन्छ ! हरेक कुरामा दक्षिणी छाप परेको नेपालमा पनि स्व.राजा महेन्द्रले पंचायती शासन लागु गराएका थिए तर अलि फरक किसिमले !
हिन्दुस्थानको पंचायती शासन बहुदलीय पद्धतिमा आधारित छ तर नेपालमा निर्दलीय पद्धतिमा पंचायती शासन लागु गरिएको थियो ! ब्यबस्था तथा शासन कुनै पनि नराम्रो हुँदैन तर ब्यबस्था तथा शासनलाइ असफल बनाउने भनेको शासन चलाउने व्यक्तिले हो !
२००७ साल पछी नेपालमा जे जति बिकास भएको थियो ति सबै निर्दलीय पंचायती शासनकालमा भएको थियो तर छिमेकीको आँखाको कसिंगर भाको त्यो पन्चायेती व्यवस्थालाई अनेक निउ बनाएर ३० बर्षको अल्पायुमै तुहाइयो ! आज २४ बर्षको दौरानमा पंचायतले जोडी दिएको उधोगधन्दा कल कारखाना देखि संस्थान हरु सम्म कुनै बाकि छैन ! अधिकांस निजीकरण भन्दै बलि चढाईयो !
निर्दलीय लाइ बहुदलीय पद्धतिमा ढालेर शासन ब्यबस्था चलाउन सकिन्थ्यो जुन दक्षिणी छिमेकीमा कायम छ तर तिनै दक्षिणी छिमेकीले नेपालको पन्चायेती ब्यबस्थालाइ किन तहस नहस बनायो ? 
घर जलाएर खरानीको तातोको आनन्द उठाउने राजनेताहरु जब सम्म देसमा जन्मिन्छ तब सम्म त्यो देस अस्थिरताको भुमरीमा जाकिन्छ भन्ने कुरा २०४६ सालको आन्दोलनले देखाएको छ ! नेपालको राजनेताहरुको सुद्दी र बुद्धि भएको भए पंचायती शासन प्रणालीलाइ पनि हिन्दुस्तानकै जस्तै गरि प्रजातान्त्रिक प्रणालीमा ढालेर शासन चलाउन सक्थे होला तर बिदेसिको इसारामा देस र जनतालाई रसातलमा धकेल्ने यी जमातेहरु बाट यस्तो आस गर्नु भनेको अन्धाले शिखर चढेको जस्तै हो ! हरेक कुराको नक्कल गर्ने नेपाली जनताले अब फेरी सोच्ने बेला आएको छ उता फल्ने फुल्ने पंचायती शासन यता चैँ किन फल्दैन ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com