भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कुन ब्यबस्था ठिक, कुन ब्यबस्था बेठिक ?

सम्प्रेषक : खांट्टी कुरा Monday, December 23, 2013
खांट्टी कुरा
----
बिषयक्रम :

(व्यस्त काठमान्डौ बल्खु पुलमा भ्वांग परेको दृश्य)
पन्चेतकालमा नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथको समथर देखि पहाडी सबै ठाउँको सडक पुलहरुमा पुल आउनु भन्दा पहिला नै 'गति सिमित, एक पटकमा एउटा गाडी मात्र, भारबह्न क्षमता ७ टन, पछी बढाएर १० टन' सेतो भुइमा रातो अक्षरले लेखिएको साइन बोर्ड राखिएको हुन्थ्यो ! यो साइनबोर्ड २०४६ साल सम्म अन्यत्र राजमार्गहरुमा पनि देख्न पाइन्थ्यो !
नेपालको भौगोलिक अबस्थालाई हेर्ने हो भने त्यो पुर्ब नियम एकदम एकदम जायज छ ! अत्याधिक उकालो र ओरालो पहाडी बाटो र उक्त बाटोको नदि खोल्छिमा पर्ने पुलको भू बनावटलाइ हेर्दा नेपालको माटोले १० टन देखि १२ टन भारबहन सम्म धान्न सक्ने भएर नै होला यातायात ब्यबस्था कार्यालयले जारि गरेको सवारी दर्ता किताबमा भारबहन क्षमता अहिले पनि १२ टननै लेखिएको थियो !
भारतमा निर्मित टाटा/महेन्द्रा कम्पनीको लामो बोडी १० चक्का भएको सवारीले नियमानुसार १० देखि १२ टन सरसमान मात्र ढुवानी गर्ने हो भने त्यो सवारीको सवारी धनीले लगानी त परको कुरा चालक/सहचालक समेतलाइ पाल्न धौ धौ हुन्छ भने त्यस्ता बढी भारबहन क्षमताको गाडीलाइ किन भित्र्याउन दिईयो ? अहिले नेपालको सबै राजमार्गहरुमा यस्ता बढी भारबहन क्षमता भएको सवारीको बिगबिगी छ जसले एकै पटकमा ताल परेको खण्डमा समथर बाटोमा ३० टन र पहाडी बाटोमा २०/२२ टन आरामले बोकेर हिडन सक्छ !
बाटो/पुलको भारबहन क्षमता १० देखि १२ टनको हिसाबले निर्माण गर्ने तर ३० टन भारबहन क्षमता भएको सवारीलाई कुन नियमलाइ आधार मानेर बाटो इजाजत अर्थात Road permit दिइयो ? यसको जवाफ कोहि सित छ ? बाटो बिग्रियो, भत्कियो, पुल भ्वांग पर्यो, भाच्चियो, बिग्रियो आदि भनेर पत्र पत्रिकामा समाचार प्रसस्तै देखिन्छ ! सवारी दुर्घटना भयो भनेर समयसमयमा पिडितले राजमार्ग बन्द गर्छन तर नियम मिचेर सवारी भित्र्याउन सक्ने समस्याको समाधान चैँ गर्दैनन किन ?
जवाफ सिधा र स्पस्ट छ ! नेपालमा बहाल गरिएको प्रजातन्त्र अथवा लोकतन्त्र भनेको नेता देखि जनता हुन या कर्मचारी देखि नेताको कार्यकर्ता सबैले जे मन लाग्यो त्यो गर्न पाउनु पर्छ भन्नु हो ! हिजो पंचायतमा बोल्न पाइदैन्थ्यो तर नियम कानून नाकमा नथ्यी लगाएर पालना गर्न लगाइन्थ्यो ! अत्याधिक सवारी दर्ता हुदैन थियो ! बाटो अनुसारको सवारी भित्र्याउन लगाइन्थ्यो !
अहिले जसले जे गरे पनि हुन्छ ! यो नभए त्यो पार्टी भनिन्छ ! नेताले बोलेको हुकुम प्रमांगी सरह छ ! नेतालाई कुन नियम ठिक कुन नियम बेठिक भन्ने भेउनै छैन ! जब नियम तथा कानूनको पालना कडाइ संग हुदैन भने दुर्घटना हुन्छ कि हुँदैन ? अनि दुर्घटना भै सके पछी उल्ले उल्लाई दोष लगाएर त्यो दोषको निर्क्योल हुन्छ ? नियम कानुन बनाउने नीति निर्माता देखि पालना गर्न लगाउने कर्मचारी र पालन गर्ने जनताले जब सम्म आफ्नो जिम्मेवारी बुझ्दैन तब सम्म जनधनको खति भै नै रहन्छ भने नेपालमा कुन चैँ ब्यबस्था ठिक रैछ अब यो खुट्याउने पालो जनताको ! किन भने नेताको लहलहैमा लाग्दै पटक पटक आन्दोलन गरेर पंचायत देखि राजतन्त्र सम्म फाल्न लगाको तपाई हाम्लेनै हौ क्यार !
तस्बिर साभार: सेतोपाटी अन लाइन खबर बाट !
२०७० पौष ८ गते सोमबार !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com