भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

आ बैल मुझे मार !

सम्प्रेषक : खांट्टी कुरा Sunday, December 22, 2013
खांट्टी कुरा
----
बिषयक्रम :

(अमेरिकाको लागी भारतीय उप-राजदुत देवयानी खोबरागड़े)
किर्ते काम त्यहि माथी धन देख्दा महादेवको तिन नेत्र अनि हिन्दुस्थानीहरु त पैसोको लागि ज्यान फाल्ने जात ! कुइरेको देसलाइ पनि हिन्दुस्थान सम्झिनु भयेच्च ! डलर भनेको त महँगो जिनिस भन्ने कुरा बुझेर नै होला सम्झौता गरे अनुसारको ज्याला नदिएर गडबड गर्नु भो रे ! एक त कागजातमा गडबड, त्यहि माथि तलबमा धपला ! जसलाई घरको कामकाजा राख्नु भो उनैले धेरै काम थोरै (तलब) माम भो त्यसैले न्याय पाम माइबाप भनेर कुइर्या देसको अदालता उजुर ठोक्देछ्न !
अम्रिका रास्ट्रपतिले ठुला अपराध गरे भने हाता स्टिलको चुरा लगाएर लैजान्छन ! अम्रिका मात्रै हैन विस्वका बिकसित मुलुका त्यस्तै गर्छन भने अपराधी लाइ हत्कडी नलगाएर के फुलको माला लगाउछन ? अपराधी भनेको अपराधी हुन्छ चाहे नेता हुन या राजदुत !
पुलिसको काम हिरासतमा राख्नु भन्दा अगाडी चेक जांच गर्नु हो ! चेकजाँच गर्दा कसरि गर्ने भन्ने कानुन अनुसार त्यो पनी चेकजाँच गर्ने अधिकारीको तजबिजा भर पर्ने कुरा हो भने "पुलिसको काम भनेको "हान्ने बान्ने, गलामा समातेर तान्ने र साबले भनेको मान्ने पनि हो" !
नेपालीमा एउटा उखान छ २ जना भारतीयको सल्लाहा र १०० जना नेपालीको हल्ला भन्ने ! यी हिन्दुस्थानी भन्ने जात लाइ संसारभरका मुन्छिले मन पराउदैनन ! काम भन्दा बढी हल्ला गर्छन भने नचाहिदो धाक दिन्छन तर 'सारे जाहाँ ए अच्छा हिन्दुस्था हमारा' भनेर खोकन चैँ छोडदैनन !
उप राजदुत देब्यानीलाइ दसा चैँ साढे सात हैन साढे चौधले समातेको छ ! कारगिल काण्डमा सहादत प्राप्त गरेका सेनाको बिधवाको लागि भनेर मुम्बईमा सरकारले 'आदर्श हाउस' भनेर बनाको थियो तर त्याहा बिधवा हैन कांग्रेसीको हुक्के बैठके ढोके र चम्चेले मौकामा चौका हानेको बापतमा अदालतमा केस परेको छ र त्यो 'आदर्श हाउस' घोटाला काण्डमा देब्यानीजी पनि पर्नु भएको छ भने उहाँको हैसियत भन्दा बढी सम्पतिको काण्डले पनि उत्तिकै तहल्का मच्चाएको छ !
भारतमा 'लोक्पाल बिल' को माग त्यसै भएको हैन ! यो कांग्रेस पार्टी भन्ने जिनिस नै भ्रस्टाचारीको १ नम्बर नाइके हो भने त्यस्ताको चेला अर्थात नेपाली कांग्रेस भन्ने जिनिस पनि उतै हिन्दुस्थाना जन्मेर 'नेपालि जनताको टाउकोमा परेड खेल्न आको हो' भने नेपालको जनताले अत्याधिक बहुमत दिएर नेपाली कांग्रेसलाई जिताउनु भनेको उही हिन्दुस्थानी उखान 'आ बैल मुझे मार' अर्थात 'आइज साँढे मलाइ हान' हो कि हैन ?
२०७० पौष ८ गते सोमबार !
(तस्बिर: अमेरिकाको लागी भारतीय उप-राजदुत देवयानी खोबरागड़े, तस्बिर बि.बि.सी.हिन्दि सेवाबाट साभार गरिएको हो)


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com