भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

एमाले कम्युनिस्ट पार्टी कसरि भयो ?

सम्प्रेषक : खांट्टी कुरा Saturday, December 21, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
बार्ह तियाँ छत्तिस हुन्छ अर्थात तिन बर्ष ! आज भन्दा ३ बर्ष अगाडी एमाले सरकारमा थियो र एमाले सरकारमा हुँदाको एक समयमा पश्चिमाहरु  एमाले पार्टी कार्यालय बल्खुमा जाँदा हत्त न पत्त कम्युनिस्टका देउताहरू मार्क्स, लेनिनको फोटो लुकाएको समाचार अखबारी बजारमा पुग्दा  त्यतिखेर निकै ठुलो खैलाबैला मच्चिएको थियो ! पश्चिमा किन गए त एमालेको पार्टी कार्यालयमा त्यो कुरा कसैले चासोनै राखेनन तर फोटो चैँ किन हटाए त्यो मात्र चासोको बिषय बन्यो !
चौधरी ग्रुपको नाइके कबि/गीतकार तथा कथित समाजसेबी बिनोद चौधरी खर्बपति पुँजीपतिका साथै बिस्व प्रसिद्ध फोर्ब्स पत्रिकाको सुचिमा चढ्न सफल भएका व्यक्ति हुन ! पुँजीपति र कम्युनिस्टको साइनो हुनै सक्दैन किनभने कम्युनिस्टको सब्द्कोषमा नै नभएको कुरा हो यो तर खर्बपती मारवाडी ब्यापारी बिनोद चौधरीलाइ किन र के को प्रयोजनको लागि एमाले पार्टीमा घुसाइयो त्यो कसैले वास्ता ब्यस्ता गरेनन ! एमालेका भेडारुपी कार्यकर्ताले पुजीपति मारवाडी व्यापारीलाई 'कामरेड' भन्न पाउँदा स्वर्गनै पुगेको अनुभूति चैँ पक्कै गरेका हुन किनभने मेरा फेस्बुके मित्रहरुले कामरेड बिनोद चौधरी भनेर फेसबुकको भित्ता चौधरीको निकै पटक प्रसस्ती गाएको देखेको छु !
नेपालमा प्रजातन्त्रको लागी दोश्रो पटकको कडा आन्दोलन २०४५ बाट सुरु भएको हो हुनत २०३६ सालमा पनि नभएको हैन ! २०४५/४६ सालको आन्दोलनमा देसै भरिको उधोग कल कारखाना पूर्ण बन्द हुँदा चौधरीको वाइवाई चाउचाउ बनाउने भैसेपाटीको कारखाना १ दिन पनि बन्द भाको थिएन ! यो कुरा मैले पुर्ब बरिस्ट प्रहरी ज्युको मुखबाट कुनै दिन सुनेको थिए !
२०४६ साल पछी पुजीपति संग लगन गाँठो, बिदेसी दात्री निकाएको भरिया आदि बनेर राजधानीमा आलिसान महल बनाएर सुखको जिबन बिताउनमा पहिलोमा कांग्रेस उसको सिको गर्दै एमाले/माले तथा पछी त्यसैको नक्कल माओबादीहरुले गरेका हुन ! पैसो त्यसै फल्दैन र इमान्दारीको कमाइले यो महंगीमा बाच्न धौ धौ हुने बेलामा बेरोजगार यी नेताहरुले आलिसान बंगाला, गाडी र बैंक ब्यालेन्स कसरि जोडे ?
पश्चिमाहरु हेपाहा नीति लिन्छन ! साम्राज्यबादी भनेर उग्र बिरोध गर्नेमा कम्युनिस्टहरुनै एक नम्बरमा पर्दछन भने छिमेकी मुलुक भारतमा समेत प्रतिबन्ध लगाएको जी.एम नामधारी मोंसान्टो कम्पनीको बिउ लाइ नेपाल सरकारले समेत भित्र्याउन हिम्मत नगरेको बेलामा तरल राजनीतिको फाइदा उठाउँदै कम्युनिस्ट पार्टी संग गाला जोडेर मारवाडी ब्यापारीले करोडौ नेपालीको भबिस्य माथि खेलबाड गर्ने हिम्मत कसरि गर्दैछ ? प्रत्येक सब्दमा 'जन र जनता' भनेर नथाक्ने एमाले पार्टीले समेत यस्ता जनघाती काम गर्नेलाइ के हिसाबले साथ दियो अब यसको खोजीनिती गर्नु पर्छ कि पर्दैन ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com