![]() |
| (फोटो साभार: फेसबुक बाट) |
ठेट नेपाली भाषामा अभिवादन लाइ 'जदौ' भनिन्छ भने सम्भ्रान्त बर्गले 'दर्शन' भन्छन अर्थात सानाले ठुलालाई गरिने अभिवादन ! मैले 'जदौ' गर्नुको अर्थ मैले अभिवादन टक्र्याएको महानुभावहरु म भन्दा उच्च हुनुहुन्छ भन्ने हो तर कतिपयले यसलाई हेयको दृस्टीले यो 'जदौ' भनेको साना जातिले ठुला जातिलाई गरिने अभिवादन हो भनेर परिभाषा दिन्छन !
मैले 'जदौ' भन्दा म सानो भए कि ठुलो भए त्यो त्यहि परिभाषाकार हरुलाई थाहा होला ! 'नमस्ते' उता एकरुप्पे साठी पैसोको देस हिन्दुस्थाना पनि भन्छ ! उताकाले हाम्रो भाषा पक्कै पनि चोर्दैनन होला बरु हाम्ले चैँ लाज सरम नमानिकन उताको भाषा नाक ठाडो पारेर बोल्च्च्म ! उताको भाषा मीसायेर बोल्दा स्वर्गा पुगेको अनुभूति हुन्च्चरे नपत्याय हेर्नुस 'झक्कास', 'बाल मतलब', ' बालै भएन', 'बाल नदे' .. आदि ! यसको अर्थ के हो मैले आज सम्म बुझ्न सकेको छैन !
तर,
एकरुप्पे साठी पैसोहरले आज सम्म 'जदौ' भनेको सून्नु भाकोच्च ? छैन भने निकासी भाषा बोल्ने की स्थानीय झर्रो र टर्रो भाषा बोल्ने ? खुकुरी उचाल्दैमा बीर गोर्खे हुन्न भने रास्ट्रिय झण्डा बोक्दैमा रास्ट्रबादी कदापि होइन्न ! देशलाई माया गर्ने हो भने आफ्नो भाषा र संस्कृतिलाइ पनि माया गर्न सिक्नुस !
'जय रास्ट्रबाद' 'जय जनता' !
२०७० पौष २ गते मंगलबार !





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
