भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

आइन – विवशको एउटा गजल

सम्प्रेषक : Unknown Tuesday, December 17, 2013
Unknown
----
बिषयक्रम :














मुटुसम्मै चिसो पार्न हिउँ छर्दै झरी आइन्
क्यानभास जस्तै लाग्ने हिउँ भित्रकि परी आइन् ।

आकाश पनि रोएकोछ, डाँडा पाखा धोएको छ
नसकेर थाप्न हेर क्षतिज आफै तरि आइन ।

कहिले बन्द कहिले खुल्ला थियो हिजो अस्तिदेखि
कुन चैँ चावी विर्सिएछिन, आज घरि घरि आइन् ।

स्वर्गकै एक टुक्रा भनि मानेकै थेँ मैले पनि
छरप्रष्टै आउनुपर्थ्यो तर विभेद गरि आइन ।

'विवश'को सँसारमा विध्वंस नै मच्चाउन
नआए नि हुन्थ्यो फेरि आज मनै भरि आइन् ।


हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा
हाल इजरायल
डिसेम्बर १३, २०१३

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com