\\म दासी//
पैसा बाहिर जान्छ
अनि कलम मस्तिष्कको
बार्दलीमा पलेटी कसेर
गफ छाट्न थाल्छ।
मै ठुलो हुँ
म बिना कुनै कार्य
असम्भव छ।
अनि म भुईँमा
घुँडामारी बसेर सहि
थप्छु
ज्यू मालिक हजुर!
हजुर सर्बश्रेष्ठ
होइसिन्छ।
जब पैसा आउँछ
कलम बाहिरिन्छ
पैसा पेटको मझेरीमा
बसेर गफ हाँक्न थाल्छ
हेरिस त! त्यो जाबो
लुईरेको
यत्रो आँट,
मेरो संसारमा
के के न गरुँ भन्छ।
बिलगेट्सले मलाई पूजा
गर्छ
भन्दै घमण्डले छाती
फुलाउँदै
खुट्टा बजार्छ।
म सहि थप्छु
ज्यू मालिक हजुर
यहाँ भन्दा ठुलो सँसारमै
को होला र?
पैसा जुँगा मुसार्दै
हाँस्छ
मेरो मगजका ढोकाहरु
फट्फटी फुट्छन।
यथार्थ
म यि दुवैको दाषी
रहेछु
जहिले सहि थप्दै बाँचीरहेछु।
यि भन्दा बाहिर
म कहिल्यै आउन सकिरहेको
छुईन
म यि दुई बस्तुको
सेन्ट्रल कैदीघरमा
कैद भएको रहेछु
म अझै प्रयत्नमा छु
मेरो प्रयत्न सधैं
रहनेछ
यि दुई भन्दा शक्तीशाली
तेस्रो के होला??
म खोजमा छु यि दुई
भन्दा
शक्तीशाली बस्तुको ||





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
