भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

मुक्तक

सम्प्रेषक : भगवती वस्नेत Saturday, December 14, 2013
भगवती वस्नेत
----







केहि मुक्तकहरु

(१)

मन्दिरको देव तिमी म पूजाको थाली हुँला
पवित्र र पूज्य तिमी म सबको गाली हुँला !
ज्ञान विवेक चेतनाको खानी छौ रे तिमी-
तिमी हुनु भरिपूर्ण म त  सधै खाली हुँला !!


(२)

गुन्जिरहन्छ सधैँ कानमा तिम्रै पदचापहरु
महसुस गर्छ मनले तिम्रै स्पर्शका रापहरु!
पवित्र त्यो प्रेम वृक्ष ह्रदयमा मौलाउदा-
मेटाएर नमेटिने अमिट छन् छापहरु
!!


(३)
म त तिम्रो साथ डुल्न सकिन
तिम्रो बागभित्र फुल्न सकिन !!
चोखो माया तिमिलाई गरिरहेछु-
टाढा भए बर्षौ तर भुल्न सकिन !


(४)

कतै झरी कतै हुरी कतै हिउँ बर्षिरा'छ
प्रकृतिको सुन्दर त्यो बिहानीले पर्खिरा'छ....
जति तिमी टाढा होउ ढुकढुकीमा चलिदिन्छौ
मनका रहर  बैंश आज आफैभित्र लर्कीरा'छ


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com