केहि मुक्तकहरु
(१)
मन्दिरको देव तिमी म पूजाको थाली हुँला
पवित्र र पूज्य तिमी म सबको गाली हुँला !
ज्ञान विवेक चेतनाको खानी छौ रे तिमी-
तिमी हुनु भरिपूर्ण म त सधै खाली हुँला !!
(२)
गुन्जिरहन्छ सधैँ कानमा तिम्रै पदचापहरु
महसुस गर्छ मनले तिम्रै स्पर्शका रापहरु!
पवित्र त्यो प्रेम वृक्ष ह्रदयमा मौलाउदा-
मेटाएर नमेटिने अमिट छन् छापहरु !!
(३)
म त तिम्रो साथ डुल्न सकिन
तिम्रो बागभित्र फुल्न सकिन !!
चोखो माया तिमिलाई गरिरहेछु-
टाढा भए बर्षौ तर भुल्न सकिन !
(४)
कतै झरी कतै हुरी कतै हिउँ बर्षिरा'छ
प्रकृतिको सुन्दर त्यो बिहानीले पर्खिरा'छ....
प्रकृतिको सुन्दर त्यो बिहानीले पर्खिरा'छ....
जति तिमी टाढा होउ ढुकढुकीमा चलिदिन्छौ
मनका रहर बैंश आज आफैभित्र लर्कीरा'छ




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
