भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

खायेउ धुलो भत्ता ?

सम्प्रेषक : खांट्टी कुरा Saturday, December 14, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
साथिहो सिमेन्टीले त धुलो भत्ता खुवायेच्चनि एउटा अल्छिको भकारी मजदुरले अरु साथीहरुलाई सुनाए ! ये हो र ! राम्रो कुरा हो नि सिमेन्टीमा त काम गर्न गारो छ नि ! तात्तात्तो भट्टी बाट निक्लेको माललाइ गाडीमा समेत लोड गर्दा कति धुलो खानु पर्छ ! त्याहा धुलो भत्ता दिनु भनेको त मजदुरको लागि खुसीको कुरा हो नि एक जना बुझकी पाका मजदुरले जवाफ दिए ! ति अल्छिको भकारी मजदुरलाई किन चित्त बुझ्थ्यो र यस्तो कुरा ! उसै त अल्छी त्याहा माथि स्वादे जिब्रो अनि कुनै पार्टीको बफादार कार्यकर्ता ! सिमेन्टीले धुलो भत्ता खुवायो उसको दिमागमा यो भन्दा अरु कुरा घुमेन ! हाम्लाई पनि चाहियो धुलो भत्ता ! भत्तामा त छ जिन्दगिको मजा तर कसरि प्राप्त गर्ने धुलो भत्ता ? दिमाग लडायो ट्रेड युनियनको के काम ? मजदुरको हक हितको लागी भनेर खोलेको हैन त्यो ट्रेड युनियन भन्ने जिनिस ? गएर युनियनको अध्यक्षलै साउती गर्दै भन्यो ‘सुनको अण्डा दिनेमा हाम्रो उधोग पनि पर्छ, सिमेन्टीले धुलो भत्ता ख्वायो हाम्ले पनि खान पाउनु पर्छ’ अध्यक्ष जिल्ल पर्दै भन्यो सिमेन्टीमा पो धुलोले बसी टिक्नु हुन्न तर हाम्रो कारखाना त कपडा उत्पादन गर्ने हो नि ? अल्छिको भकारीले जवाफ दियो ‘कपासको धुलोता सिमेन्टी भन्दा पनि डेन्जर हुन्छ सिमेन्टीको धुलोले कुइरोमंडल देखिन्छ तर कपासको देखिदैन फरक त्यती हो ! तुरुन्त मिटिंग बोलाउ र माग पत्र पेस गरु !
भत्ता अर्थात दाम ! उखानै छ नि धन देख्दा मादेउको पनि तिन नेत्र बल्छ भने मनुस्यको के कुरा झन त्याहा माथि अल्छिको भकारीको तर्कयुक्त कुराले मन चसक्क भाको छ ! युनियनको अध्यक्षले गमे र मनले सहि ठहर्याए ! भोलिपल्ट मिटिंग डाके निर्णय पारित गराय र व्यवस्थापकलाई माग पत्र पेस गरे र भने यो माग पुरा गर्नु पर्यो ! ब्यबस्थापकले ठाडै इन्कार गर्दै भने उधोगको आर्थिक स्थिति राम्रो छैन र यो माग पुरा गर्न सकिन्न ! के निउ पाउ कनिका बुकाउ भनेझै भै गो ! बल्या आगा घ्यु थप्दै अल्छिका भकारीले उचाल्यो र भन्न लगायो माग पुरा नभए हड्ताल गर्न बाध्य हुन्छ्म भनेर भनौ !
भत्ता खाने अर्थात बिना मिहेनतको दाम ! सबैको पूर्ण समर्थन बस के चाहियो, सुरु भो नाराबाजी, हड्ताल अन्त्यमा बाध्य भएर माग पुरा ! माग त पुरा भो तर उधोगले कसरि भुक्तानी गर्ने भन्नेमा ब्यबस्थापक जिल ! दिन प्रतिदिनको बन्द हड्ताल अनि माग भन्दा बढी राजनीतिक नियुक्ति र सरकार फेरिए पिच्छे संचालक समिति प्रबन्धक फेरिनाले उधोग घाटामा दिन प्रतिदिन जादैछ ! धुलो भत्ता बाट सुरु भएको सुबिधा पछी क्रमस बिमा, ओखती आदि आदि हुँदै सुबिधा दिन प्रतिदिन बृद्दी हुदै गाको छ ! त्यो सुबिधा भनेको नेप्सेको परिसूचक जस्तो ! सुबिधा उकालो लाग्या लाग्यै तर उधोगको उत्पादन देखि आर्थिक चैँ दिन प्रतिदिन ओरालो लाग्या लाग्यै !
उधोग तथा कल कारखाना भोलि केहि गरि बन्द भयो भने हाम्रो पेटा लात पर्छ है भनेर कोहि कसैले अर्थ्यायेनन ! मानौ त्यसको कुनै जरुरि नै परेन ! ३ सिफ्ट चलेको कारखाना २ सिफ्टमा झर्यो तर पनि कोहि कसैको दिमागमा कारखाना किन ३ बाट २ सिफ्टमा झर्यो भनेर सोच्ने सोच आएन ! २ बाट पनि १ हुँदै बिचरा कपडा कारखाना बन्द मात्र हैन सदाको लागि बन्द हुन पुग्यो !
प्रजातन्त्रमा हक अधिकार सबैको बराबर हुन्छ रे ! वाक स्वतन्त्रता पूर्णरुपमा उपभोग गर्न पाइन्छरे ! वाक स्वतन्त्रता, हक अधिकार, सेवा सुबिधा के कसरि लिने त्यो कुराको चैँ मतलब हुन्न तर सेवा र सुबिधा चैँ जसरि नि चाहियो भन्ने मनस्थिति चैँ बोक्ने तर काममा सिन्को नभाच्ने परिणामले गर्दा आज देसको सबै सरकारी उधोग स्वाहा भो अर्थात बनाइयो भने यो डेमोक्रेसी भन्ने जिनिस फाइदा कि बेफाइदा रैछ ति अल्छिका भकारिहरुले पक्कै पनि आज गालामा हात राखेर सोचेका होलान !
2013/12/14 

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com