पार्टीले सानदार सित १ बाट ३ नम्बरा अग्रगामी छलांग मार्यो ! अध्यक्षको नाताले मैलेआत्मालोचना सहित पार्टीको अध्यक्ष पद छोड्नु पर्छ ! म छोड्नु पनि तयार छु तर यस्तो कठिन परिस्थितिमा यो नेतृत्वको जिम्मा लिन कोहि पनि तयार हुनु भाको छैन ! खै क.बाबुरामजी र क.प्रकासजी ले अहिले सम्म मलाइ अध्यक्ष पद छोड्नुस भनेर भन्नु भएको छैन !

होस पनि कसरि जुन दिन पेरिस डांडाबाट गलह्त्याइन्छ त्यो दिन बाट उनको 'साढे सातको दसा' सुरु हुन्छ ! करोड हैन अरबौको द्रब्य हाम गरेका छन त्यो पनि आफ्नालाई नै रुवाएर ! कुनै जमानामा पटिहानीको चौरमा भैसी चराउदै हिड्ने छबिलाल दाहाल आज यो उचाइमा पुगेर फेरी हिजोकै पटिहानी दृश्य दोहर्याउन उनी चाहन्नन भन्ने कुरा उनले हालै व्यक्त गरेको अभिव्यक्ति बाट पुस्टि हुन्छ !
नाटक तथा चलचित्रको कलाकारले के अभिनय गर्लान त्यो भन्दा चौगुना अभिनय गर्नमा उनि माहिर छन ! अभिनयको चार रुप हुन्छ रे हास्य, करुण, दया र रौद्र ! यी सबैमा अभिनय गर्नमा उनि अब्बल छन ! आफ्नै राजनीतिक गुरुलाई पार्टी छाडन बाध्य पार्न लगाए अब फेरी क.बाबुराम भटराई तथा क.नारायणकाजीलाइ पनि त्यस्तै गर्न सक्छन !
क.प्रचण्डको यिनै खतरनाक चाल बुझेर नै होला क.बाबुराम भटराई तथा क नारायणकाजि क.प्रचण्डले दिएको हाँकलाइ चुपचाप संग हेर्दैछन, नियाल्दै छन र बिश्लेष्ण गर्दैछन ! समय सधै एकै नासको हुदैन कामरेड प्रचण्ड ? तपाईका हुक्के बैठके अग्नि सापकोटा, बर्षमान पुन देखि नन्द किसोर पुनले अहिले त भरथेग गर्दैछन तर ति पनि 'ताक परे तिवारी नत्र गोतामे' चरित्रका हुन ! हिजो तपाइँलाइ खरो समर्थन गर्ने हरु आज तपाइको बिपक्षीमा लागि सके भन्ने कुराको प्रमाण हो 'आकासमा चिल बनेर उडदा पार्टीको यो हबिगत भो' भन्दै हिड्नेहरु !
कम्बोडियाको कुनै समयको खुंखार तानासाह 'पोलपोट' जीवनको अन्तिम समयमा कुनै एक टापुमा मृत्युबरण गर्दा उनि सित सम्पतिको नाउँमा एउटा सिरक भन्दा अरु थिएन ! 'पोलपोट' पनि कम्युनिस्ट नेता थिए ! तपाइको पनि अब त्यो दिन नआउला भन्न सकिदैन !