भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

उग्र जातिवाद पक्कै पनि राम्रो हैन

सम्प्रेषक : खांट्टी कुरा Tuesday, October 15, 2013
खांट्टी कुरा
----
बाहुनबाद यो बाद र उ बाद भन्नु हुन्छ दाज्यु भाइ तथा दिदी बैनीहरु हो तर जुन भाषामा तपाइँहरुले सामाजिक संजालको भित्ता लेख्नु भाको छ त्यो त नेपाली (खस) भाषामा लेखिएको लिपि हो नि हैन र ! म नेवार हु मेरो आफ्नै लिपि छ ! राइ, लिम्बु, तामाङ जस्ता सबै जनजातिहरु सबैको आ-आफ्नै लिपि छ ! हाम्रो लिपि तपाइँहरु बुझ्नु हुन्न भने तपाइँहरुको लिपि पनि हामी बुझ्दैनौ !

एमाओबादीका अधक्ष्य क.प्रचण्ड जस्ता बिखन्डनकारी नेताहरुले उचाली दिएको भरमा नेपालमा जाति तथा जनजाती बिच वैमनस्य पैदा गराउनु भो अब उही प्रचण्डहरुलाइ गएर सोध्नुस हामीहरु बिचको जात जातिमा लडाएर के पाउनु भो भनेर तर समाजमा मिलेर बस्ने सन्देस प्रबाह गर्नुहोस मित्रहरु !
नेपाल चार जात छत्तिस बर्णको फुलबारी हो है ! उग्र जातिबाद पक्कै पनि राम्रो हैन ! पुर्बमा होस या मध्य, पश्चिम होस या मदेस त्यो भूगोलमा राइ, लिम्बु, तामांग, नेवारहरु मात्रै बस्दैनन् त्याहा अरु जात जाति हरु पनि बस्छन भन्ने कुरा पनि पक्कै थाहा हुनु पर्दछ !


आउनुहोस हिजो पंचायतीकालमा तपाइँ हामीहरु गाउँ, टोल समाजमा जे जसरि मिलेर बसेका थियेउ आज पनि त्यसै गरि मिलेर बसौं ! आ-आफ्नो जाति र चलन अनुसार हिजो जसरि एक आपसमा मिलेर चाड पर्ब मनाएका थियौ आज पनि त्यसै गरि मनाऊ !चुनावको बेलामा आफ्नो मन परेको पार्टीलाई भोट दिउ ! अरु बेलामा यो पार्टी र उ पार्टी भनेर समाजमा कलह मच्चाएर के फाइदा ! २४ बर्षमा हामीले नेपालको सबै पार्टीलाई राम्रै संग चिन्ने मौका पाइसके पछी पनि यी राजनीतिक पार्टीको मतियारी बनेर के फाइदा ?

“हिमाल पहाड तराइ ... हामी सबै हौ भाइ भाइ”


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com