भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

वैकल्पिक नेता

सम्प्रेषक : खांट्टी कुरा Thursday, October 24, 2013
खांट्टी कुरा
----
बिषयक्रम :
२०४५ सालमा नेपाली कांग्रेसको बरिस्ठ नेता स्व.गणेस मान शिहको अगुवाइमा कम्युनिस्टहरुको घटकलाइ संयुक्त बाममोर्चा बनाए पश्चात कांग्रेस तथा कम्युनिस्टहरु एक भएर तत्कालिन पंचायती ब्यबस्था बिरुद्ध आन्दोलन गरेका थिए ! आन्दोलन त त्यो भन्दा पहिला पनि पटक पटक गरेका थिए तर सफल भएका थिएनन ! ने.का.को संस्थापक नेताहरु मध्यको मुख्य नेता स्व.बि.पी.कोइरालाले ‘कम्युनिस्टको संगत गर्नु हुँदैन र भर पनि पर्नु हुदैन’ भन्ने मान्यतामा बिस्वास राख्नु हुन्थ्यो, जुन कुरा अहिलेको परिप्रेक्ष्यमा आएर सत्य पनि साबित भएको छ !

भारत तथा अन्य पश्चिमा रास्ट्रहरुको नेपाल सित कुनै दुश्मनी छैन तर राजनीति सास्त्रमा कोहि सत्रु पनि हुँदैन र कोहि मित्रु पनि हुँदैन भन्ने मान्यता छ ! नेपालको उत्तरी छिमेकी दिन प्रतिदिन बिकासको गतिमा लम्किदै छ ! चिनमा भएको बिकास र त्याहाको एकदलीय कम्युनिस्ट शासन पद्धति नेपालको लागी ठुलो अभिसाप भएको छ भन्नुमा कुनै अत्युक्ति नहोला ! हुन त मित्र रास्ट्र चिन सुरु देखिने नेपालको राजतन्त्र लाइ समर्थन गर्ने देस मध्येको एक नम्बरमा पर्दछ र त्यसो हुनुमा उसको देसको सामरिक सवाल पनि जोडिएको छ ! बिना कारण किन समर्थन गर्थे र !

छिमेकी चिनको दिन प्रतिदिन बढ्दै गएको शक्तिले गर्दा यतिखेर पश्चिमा रास्ट्र खासगरी अमेरिका तथा युरोपका केहि देशहरुको न दिनको भोक र न रातको निंद भाको छ ! पश्चिमाहरू बिस्तारबादी हुन ! उनीहरु आफूभन्दा ठुलो सक्तिसाली देस अरु भएको हेर्न चाहदैनन ! एसिया महादेसको १ नम्बर सक्तिसाली देस अहिएले चिन हो र संयुक्त रास्ट्र संघमा उसको पनि भिटो पावर लाग्छ !भारत पनि चिन पछिको दोश्रो सक्तिसाली देस हो भने नेपालको रोटि देखि बेटी सम्मको साइनो पनि उ सित छ ! भारत र चिनको बिचमा पटक पटक युद्ध पनि भै सकेको छ ! भारत पनि चिनको दिन प्रतिदिनको बढ्दो शक्तिले गर्दा यक किसिमको आतंकित नै भएको छ ! यहि कमजोरी थाहा पाएर नै पश्चिमा अझ खासगरी अमेरिकाले अहिले यतिखेर भारतलाई काखी च्यापेको छ !

पश्चिमाहरुले चिन लाइ चारै तिरबाट घेर्ने रणनीति बनाएको छन ! चिनको पूर्वमा रहेको जापानमा त उसको अखडा नै छ ! हिरोसिमा नागासाकी परमाणु बम काण्डको फल ! दक्षिणा कोरियालाई औंलामा नचाउन सफल भएको छ ! चिन प्रबेस गर्नलाई चाहिने सामरिक सक्तिको हिसाबले मुख्य केन्द्र हो नेपाल ! त्यहि गर्नलाई उसले बर्षौ बर्ष देखि साम, दाम, दण्ड र भेदको नीति अख्तियार गर्दैछ !

कुनै पनि खेलमा एक खेलाडी घाइते वा अन्य केहि भएमा बिकल्प पहिलानै तयार पारेर राखिएको हुन्छ ! २०४६ साल पछी नेपालको राजनीतिमा पश्चिमाहरुले यहि नीति अबलम्बन गरेका छन ! अन्तरिम प्रधानमन्त्री स्व.कृष्ण प्रसाद भटराईले बि.पी.को मार्ग अंगाले जुन पस्चिमालाई सही थिएन ! अनेक तिगडम गरेर भटराई पाखा लगाइए ! कोइराला खानदानको राजनीतिमा स्व.गिरिजाको पनि देन भएता पनि २०४७ साल सम्म उनि त्यति प्रसिद्धमा थिएनन ! बिकल्प राजधानीको नेताहरुको पनि हुन्थ्यो होला तर पश्चिमाको नजरमा गिरिजा जस्तो सहायक अरु कुनै हुन सक्दैनथ्यो ! पटक पटक सत्ताको स्वाद चाखे स्व.गिरिजाले र अन्तिम अबस्थामा देशलाई नै कहिले पार नलाग्ने भुमरीमा फसायर गए !
पश्चिमा सक्तिले नेपालको सबै पार्टीमा खेल्ने मौका पाएको छ चाहे ति पुराना हुन या चाहे ति नया ! एमाले जस्तो जनताको बिचमा अत्यन्त ख्याती कमाएको पार्टीलाई फुटाउनु देखि लिएर हाल कथित जनयुद्ध गरेर सत्ता र सक्तिमा आएको माओबादी पार्टीनै किन नहुन ! माओबादी पार्टीबाट मात्रिका अलग्गिनु पर्ने कुनै कारण नै थिएन र पछी बैद्य खेमा पनी तर प्रचण्ड खेमा अहिले यतिखेर पश्चिमको अत्यन्त नजिक र प्रियमा पर्दछन ! त्यहि भित्र पनि विभिन्न गुट-उपगुट जन्माई देको छ ! प्रचण्ड नभए बाबुराम, बाबुराम नभए नारायणकाजी नै सहि भन्नेमा छन !
२०६२/६३ को आन्दोलनमा काठमान्डौको एक युवा जुन नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिधार्थी संगठनको बिधार्थी नेता ‘गगन थापा’ बनेर उदाए ! युवा त्यहि माथि बिधार्थीको जोस ! स्व गिरिजाको अत्यन्त नजिक बन्दै काठमाण्डौको सडकमा उग्र नारा लगाई दिए ! धर्म निरपेक्ष र लोकतन्त्र गणतन्त्र नेपाल कायम गर भन्दै कुर्लिए ! नेपालको जनतालाई भाषण मिठो ! ठोके तालि र यसरि नेपालको राजनीतिमा गगन थापा नामको पात्रको उदय भो !

नेपाली कांग्रेसको पुर्ब तथा मध्यकालको सबै नेताहरु अहिले पनि बि.पीले देखाएको बाटोमा हिड्न चाहन्छन ! बि.पी.ले लिएको नीति भनेको “रास्ट्रियता, प्रजातन्त्र र समाजबाद” हो जुन भारत लगाएत पस्चिमालाई बिल्कुल मान्य थिएन ! मौकाको ताकमा थिए र उनीहरुको लागि फरिस्ता बनेर उदाय गगन थापा ! सिधा र सहि अर्थमा भन्ने हो भने पश्चिमा तथा भारतले कम्युनिस्ट मन पराउदैन र माओबादी पार्टी कम्युनिस्ट पार्टी हो ! उपभोग गरे र अहिले उनीहरु बैकल्पिकको खोजीमा थिए यस्तोमा गगन थापा भेटिनु भनेको उनीहरुको लागी सुनको अण्डा दिने कुखुरी नै हो !

अब हुने मंगसिर ४ गतेको निर्वाचनमा काठमान्डौ क्षेत्र न ४ को पार्टीको पुरानो महिला नेता सुप्रभा घिमिरेलाई जिल्याउदै गगन थापाले चुनावी टिकट हात पर्न सफल भए ! जसको कारणले गर्दा उक्त क्षेत्रमा पार्टीको पुरानो नेता सुप्रभा घिमिरे गगनको बिरुद्धमा बागी उम्मेदवार बन्नु पर्यो !
अध्यापन पेसाको साथसाथै लेखक, साहित्यकार तथा स्तम्भकार भनेर परिचय बनाएका सुदुर पुर्बका खगेन्द्र सिटौलाले पनि काठमान्डौ क्षेत्र न ४ चावहिलमै महल ठड्याएका छन ! अध्यापन र पत्रिका लेख्दैमा संग्रौला जस्तो चरम गरिबी भोगेका व्यक्तिले राजधानीमा घर जग्गा जोड्नु भनेको सगरमाथा माथिको विजय प्राप्त गर्न जस्तै हो तर सगरमाथा चढ्न लाइ प्रायोजक चाहिन्छ !
मिति २०७० कार्तिक २ गते कांग्रेसी उम्मेदवार गगन थापा आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने चावहिलमा पर्ने वडा नम्वर सातको मिर्मिरे टोलमा पुग्दा बाम बुद्धिजिवी तथा लेखक/स्तम्भकार खगेन्द्र संग्रौलाले हार्दिकतापूर्वक स्वागत गर्दै थापालाई घरमा लगेर टीका लगाइ विजयको शुभकामनासमेत दिएका थिए भने घरमा थापालाई विजयको शुभकामना दिएका संग्रौला दम्पती त्यसपछि टोलमा गगन थापासँग चुनावी प्रचारमा समेत गएका थिए । खगेन्द्र संग्रौला काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुसँगै थापाको लागि मत माग्न घरदैलोमा समेत पुगेका हुन्(मिति २०७० कार्तिक २ गते सेतो पाटि अनलाइन खबर पत्रीकामा छापिएको समाचारको केहि अंस) !

गगनको पृष्ट भुमि कांग्रेस र खगेन्द्र संग्रौलाको बामपन्थी ! बि.पी.को सिद्धान्तको ठ्याक्कै उल्टो ! हुन त गगन थापा तिनै युवा नेता हुन जसले आज भन्दा केहि महिना अगाडी सम्म आफ्नै पार्टी सभापतिको खोइरो खन्ने गर्थे ! जसरि खगेन्द्र संग्रौलाले समकालिन्को खोइरो खन्छन गगनले पनि त्यस्तै गरे !

गगन थापा अहिलेको युवा पुस्ताको लोकप्रिय नेता हुन ! भाषण मिठो गर्छन र भिड जम्मा गर्ने खुबी छ ! हिजो उग्र र चर्का नारा लगाको बापतमा सबैको नजरमा बसी सकेका छन ! जसरि खेलमा एक्स्ट्रा अर्थात बैकल्पिक खेलाडी राखिन्छ त्यस्तै उनि पनि बैकल्पिकमा परेका व्यक्ति हुन ! नेपालको राजनीतिमा हिजो पन्चको पालामा सुर्य बहादुर थापा, प्रजातन्त्र पछी कांग्रेसमा कृष्ण प्रसाद सिटौला, एमालेमा माधव नेपाल अहिलेको सक्तिसाली माओबादी पार्टीमा क.प्रचण्ड छन ! सधै एकै व्यक्ति एकै स्थानमा खट्न पनि सक्दैनन ! सक्तिसालीले उ पछी उ गर्दै बैकल्पिक तयार पार्दै गाका छन ! उदाउदो तारा देखेर नै खगेन्द्र संग्रौला गगन पट्टि लहसिएका हुन् भन्ने मा कुनै संका छैन ! बिना दाम गर्दैनन संग्रौला काम भन्ने त आहान नै बनिसकेको छ !


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com