फूलैफूल्को जवानी हो मन ।
रम्छ सधैं अरुकै खुसीमा,
भावको ठुलो खानी हो मन ।
सुम्पन्छ सबै बिर्सेर आफैं,
लाग्दछ साँच्चै दानी हो मन ।
यत्ति पवित्र अरु के होला,
पुजा नै गर्ने थानी हो मन ।
जत्ति घोटे नि सहेर बस्छ,
जाँतो विचको मानी हो मन ।
जे सुकै हाल तिमीले भित्र,
मात्र तेल झार्ने घानी हो मन ।
विवाद किन गर्नु बेकारको,
होइन राजा रानी हो मन ।

यात्री शेखर




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
