गीत
रहरले फुल्न खोज्दा बैगुनीले झार्छु भन्छ
अर्कालाई चोट दिइ मन खुशी पार्छु भन्छ
ढक्मक्क फुल्ने डाली हल्लाएर झारिदियौ
शीरमा लाउने फूललाई पाउतिर सारिदियौ
नडराइ सुनगाभा भिरमा नै सर्छु भन्छ
दुनियाँलाई देखाएर सौन्दर्य त्यो छर्छु भन्छ
किन रुन्थ्यो अचानो त्यो घाइते मुटु लुकाएर
बज्रिए नि खुकुरीले आफ्नो बल देखाएर
उठ्न खोज्ने पाइलाहरू बीचमानै रोक्छु भन्छ
उषाको त्यो झुल्के घाम बादलले छेक्छु भन्छ
रहरले फुल्न खोज्दा बैगुनीले झार्छु भन्छ
अर्कालाई चोट दिइ मन खुशी पार्छु भन्छ
ढक्मक्क फुल्ने डाली हल्लाएर झारिदियौ
शीरमा लाउने फूललाई पाउतिर सारिदियौ
नडराइ सुनगाभा भिरमा नै सर्छु भन्छ
दुनियाँलाई देखाएर सौन्दर्य त्यो छर्छु भन्छ
किन रुन्थ्यो अचानो त्यो घाइते मुटु लुकाएर
बज्रिए नि खुकुरीले आफ्नो बल देखाएर
उठ्न खोज्ने पाइलाहरू बीचमानै रोक्छु भन्छ
उषाको त्यो झुल्के घाम बादलले छेक्छु भन्छ




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
