भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

मानिस

सम्प्रेषक : अविरल यात्री Thursday, August 25, 2011
अविरल यात्री
----
बिषयक्रम :

लाखौ मानिसको भिडमा उभिएको, हजारौ बीच जिएको र सयौ बीच चिनिएको म पनि यौटा मानिस!
   चिनेका मध्ये कयौले मलाई अचेल सोध्छन 
 हैन अचेल तँ कता हराएइस हँ? कहिँ पनि देखिदैनस नि! मेरो रेडिमेड उत्तर होलसेलमा सबैलाई एउटै हुन्छ कामको व्यस्तता!” कत्रो न लछारिएको काम गरे झैँ! ;), तर म एउटा ठुलै अनुसन्धानमा लागेको छु भन्ने सोध्नेहरूलाई के थाहा? म कसैले नभेट्ने गरि नै लुकेको चै हैन तर पनि धेरै माझ देखा नपरेको सत्य हो! म भित्र भित्रै आजका अमान्छेहरुलाई किन नेपालीमा मानिस भनियो? भन्ने अनुसन्धानमा नै थिए! अनुसन्धानका केहि प्रतिवेदन यहाँ पेस गरिहालौ|
   मेरो यो अनुसन्धान अहिलेका जल्दाबल्दा कविहरुले विशेष प्रार्थमिकता पाए! उनीहरुलाई अध्ययन गर्दा वाद निर्माणमा व्यस्त भेटियो! जसमा रंगवाद, बहुरंगबाद, आधुनिकतावाद, उत्तरआधुनिकताबाद, चैताम्यवाद पागलवादहरु त सार्वजनिक भैसकेको पाएँ! अब कस्ता कविता कुन बाद भित्र पर्छन त भन्ने छोटो चर्चा गरिहालौ! तलको लेख पढेर तपाई आफु के वादी कवि हो छुट्याउन समेत सक्नुहुनेछ|
  रंग न ढंगका कविता लेख्ने र पाठकहरुको माझमा रमिता देखाउने कविता रंगवाद भित्र पर्दछ! यसैको विस्तारित रुप बहुरंगवाद हो! पाठकले कविता पढेर रमिता सम्झने र लेखक भन्दा पाठक नै ठिक हामी त, भनेर मुल्यांकन गर्न लाएक कविता बहुरंगबाद भित्र पर्दछ|
 यौन बिम्ब, प्रणय भाव र आधुनिक फेसन जस्तो मनमा जे आयो त्यहि लेखिएको कविता आधुनिकतावाद भित्र पर्दछन| किनकि आधुनिकतालाई टुक्र्याएर हेर्नुस आधा+उनि +कता? मिलेर बनेको हुन्छ, यसको शाब्दिक अर्थ लगाएर हेर्ने हो भने मेरो पूर्ण जीवनकी आधा उनि कता छिन त? भन्ने अर्थ दिन्छ| त्यसैले केटाले केटि खोज्ने र केटीले केटा खोज्ने प्रेम साहित्य आधुनिकतावाद भित्र पर्दछ|
   आधुनिकतावादको उत्तर पाइने अर्को साहित्य फाँट हो उत्तर आधुनिकतावाद! केटाले केटि खोज्ने र केटीले केटा खोज्ने साहित्य आधुनिकतावाद हो भने आफुलाई आवश्यक रहेको जोडी देखाउने काम उत्तर आधुनिकतावादको हुनुपर्छ भन्ने मेरो अहिले सम्मको ठहर छ|
  त्यस्तै अर्को छ चैतम्यवाद! शब्दहरुको उजाड पहाड खडागर्ने तर पहाड फोर्दा चट्टान बाहेक हात नलाग्ने खालको सिर्जना यो वादभित्र पर्दछ| जस्तो चैतको खडेरीमा कहिँ मूल पलाउँदैन त्यस्तै केहि रस नभेटिने सुख्खा कविता अर्थात् अर्थ न बर्थका शाब्दिक थुप्रोलाई चैताम्यवाद भित्र हालिने रहेछ|
   अन्तिम छ पागलबाद, पागलकविहरुले लेख्ने र अर्धपागलहरुले मन पराउने अराजक कविता पागलवाद भित्र पर्दछन!
   यी सबै वादहरुको निर्माण गर्नुको मुख्य कारण हो अहमबाद| अहमबादी कविहरु आफु बाहेक अरु सबैलाई भुस देख्छन र उनीहरुले लेखेका कविता पाठकले बुझ्न सक्तैनन भन्ने आज सम्म उनीहरुको मान्यता छ|
      अब लागौ देशका नेतातिर! देशको मूल कानून लेख्ने समयमा नेपालका नेता महासयहरु कुर्सीको खिचातानी गर्ने काममा ब्यस्त भएर संबिधानको कुरामा साम्यबाद लागु गरेको कुरा मलाई कत्ति चित्त बुझेको छैन| मन्त्रालय बाँडफांडमा अराजकतावाद लागु गरेर देशको संबिधान लेख्ने काममा किन साम्यबाद प्रयोग गर्दैछन त? देशलाई टाट पल्टाउन खोज्ने अराजकबादी नेताहरुमाथि हस्तक्षेप गर्नसक्ने जनताहरु किन चुपचाप छन भन्ने कुरा भर्खर अनुसन्धानले पत्ता लगायो कि पालैपालो ६०१ जनालाई प्रधानमन्त्री हुने चान्स दिने र त्यतिन्जेल पनि संबिधान नलेखिए अरु कुनै देशलाई संबिधान लेख्न लगाएर हाम्रो हक अधिकार सुरक्षित गर्ने देशबासीको चाह रहेछ|
   भर्खरै समाचारमा सुनियो भरतपुर हस्पिटलमा घाँटीको अप्रेसन गर्न भर्ना भएकी महिलाको, डाक्टरहरुले पाठेघर निकालेर फालि आफ्नो उग्रबाद प्रदर्शन गरे| यस विषयमा पनि मैले ठुलै अनुसन्धान गरें कि किन त्यसो गरियो?  ती अप्रेसनमा खटिएका डाक्टर परियार रहेछन अविवाहित! त्यसैले उनि यौन सम्बन्धि हरेक अप्रेसन सफलताका साथ गरेर आफ्नो जवानीको चमत्कार देखाउन चाहने रहेछन! यदि ती म्यारिड थिए भने घाँटीको अप्रेसन गर्ने बिरामीको पाठेघर खोज्न कसरि जान्थे त! यसको जवाफ उत्तरआधुनिकतावाद ले पनि फेला पार्न मुस्किलै छ| केहि विशेषज्ञहरुले त के पनि अनुमान गरे भने यो मानेमा राम्रो भयो की, धन्न घाँटीको अप्रेसन गर्नुथियो र डाक्टर पाठेघरमा अडिए, यदि छातीको अप्रेसन गर्नु थ्यो भने ती उग्रबादी डाक्टरहरले कुन अंग झिकेर फाल्दिने रहेछन त? हामी मनमनै अनुमान गरौ!
   म आफु मूल विषयबस्तुको केन्द्रभन्दा बाहिरे रहेर किन यी हरेक क्रियाकलापहरु नियाली रहेको छु भन्ने खुल्दुली चलेको होला! मैले पनि यौटा वाद निर्माण गरेको छु त्यो हो बिकेन्द्रबाद! बिकेन्द्रवाद भित्र हरेक मानिसका यस्तै कामहरुको अनुसन्धान हुन्छ| यो मानेमा मलाई पनि बिकेन्द्रबादी भन्नु भयो भने मलाई असहज हुनेछैन|
     म किन आजका अमान्छेहरुलाई मानिस भनेर नेपालीमा नामाकरण गरियो त भन्ने कुराको अनुसन्धानमा नै छु! माथि उल्लेख गरिएका अहमबाद,अराजकतावाद, साम्यवाद, उग्रवाद र बिकेन्द्रवादलाई सम्मान गर्नसक्ने को छ त अब? कसले यिनीहरुको मान मर्यादा गर्ने र राख्ने? त्यसैले हामी आफ्नोमानलाई लोप्पा खुवाउँदै मान+इस् = मानिस भएका रहेछौ!


                                       प्रतिक्रियाको लागि
                                         अविरल यात्री
                                    adhikariabiral@gmail.com 

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com