भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

धेरै भयो सम्झनामा

सम्प्रेषक : दिप्स शाह Monday, August 15, 2011
दिप्स शाह
----
बिषयक्रम :
धेरै भयो सम्झनामा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको

घाम जून दिनपनी लाग्नै छोड्यो प्यारो
मनको बागमा परिरैछ हरदम तुषारो
झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको
उकाली र ओरालिमा तिम्ले सघाएको

युगै भयो सपनिमा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको
धेरै भयो सम्झनामा.....

कल्पनामै आएपनी मनमा खुशी फुल्थ्यो
तिम्रै नाम फूलपात डालीडाली झुल्थ्यो
याद आउँछ सँगसङ्गै खुशी सजाएको
सुसेलिको भाका हाली नजिक बोलाएको

धेरै भयो सम्झनामा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको

दीप्स शाह
12/8/2011

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com