भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कविता~**एकताको अविरल इन्द्रावती**~

सम्प्रेषक : मनु लोहोरुङ राई Monday, April 25, 2011
मनु लोहोरुङ राई
----
बिषयक्रम : ,
एक अध्याँरो वस्तीका
असंख्या बासिन्दाहरु हो,
मै जस्तो थुप्रै प्रतिनिधी हो,
दीनहरुको भोकको निमित्त
रातहरुसंग उज्यालो माग्नू !
मान्छे हुनुको कर्तव्य-जिम्मेवारी=समातामूल चेत
सम्भावको अमूर्त चिन्तन-
नरक कुण्डबाट मुक्ति मार्ग खोज्न
यो रक्तरंजित धर्तीको छातीमा
मृत्युको पहाड टेकेरै उँभो उक्लिनू!

इन्द्रावती नदी 
तुवाँलोले छोपिएको आकाशलाई
स्वतन्त्र मन र सहगामी विचार-
सहयोगी हातहरुले फट्याउनू!
विवश अस्थीहरुको बगुन्द्र हाट-
क्षोभ र लाल्ची चटकेहरुको सर्कस-
लाटोकोसेरोको आँखाले यो मैदानमा
आजै देखि निगरानी शुरु गर्नू !

रुवाबासी र प्रवासी जीवनहरु हो,
बेथितिका अभासी कथाहरुको लोरीमा
पृथ्वी निस्सासीन्जेल निदायौं हामी,
यत्र तत्र सर्वत्र बज्रिएर...........
यही पृथ्वीको गोलार्धमा
अब एक सुन्दर चिहान बनाउन
अर्को सकल्लो बिहान ब्युँझिनु पर्छ।

रगत र आँशुले अवरुद्ध गलाहरु हो,
निर्दोष भोकहरुको चित्कारहरु हो,
ध्वंशले उजाडिएका वस्तीहरु हो,
पसिनाका लाखौँ नहरहरु हो,

अब आस्थाको अन्तिम विन्दु भेट्न
लम्किनू, तह तहको पहाड नाघेर....
अ/मान्छेहरुको भीड बिचै देखि
अनेकतामा एकता डोलिएर
अविरल इन्द्रावती उकालो बग्नू !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com