चिठ्ठी हैन हिजोआज, एस्एम्एस्को खात कत्ति ।
छट्पटीमा बितिरह्ने, मिस्कलको रात कत्ति ।
र्समपणले पानाहरु, रंगाइन्थ्यो त्यसबेला,
अक्षरमा उनिएर, सामु पुग्थे याद कत्ति ।
बग्थ्यो मन पानाभरि, छताछुल्ल कोशी जस्तै,
भेटहुने अक्षरमा, प्यारो थियो साथ कत्ति ।
सम्झनाका तरेलीमा, अविस्कार मिसिदैछ,
एस्एम्एस् र मिस्कलको, याद बोक्ने हात कत्ति ।




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
