भगवति बस्नेत
अति याद आउछ तिम्रो नदेखेको धेरै भयो
लजालु त्यो मुहार तिम्रो नेहेरेको धेरै भयो खुलाइएको जीवन थियो, सप्तरंगी इन्द्रेणी झै
रङ्गीन त्यो दुनियामा, नखेलेको धेरै भयो
उमङ्गमा खेलिएका, कल्पनाको सँसारमा
लहरिदै मनका सपना, नलेखेको धेरै भयो
समयको पावन्दिले उजाडेर लगेपछि
तिमीसँगै वितेका पल, नभेटेको धेरै भयो





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
