
ल किन यसरी, रुनु भयो हजुर ?
पराइ जस्तो पो हुनु भयो हजुर ।
चिम्लेर गुलाफ, छुनु हुन्न भन्दा
फेरि के सोचेर, छुनु भयो हजुर?
प्रेमले बुनेको, माला पिरतीको
किन त डोरी झैं, फुनु भयो हजुर ?
राखेर सम्झना, पछि दाग' भन्दै
कसरी सजिलै धुनु भयो हजुर ?
कृष्णपक्ष

ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
के तपाईं पनि नेपाली ब्लगर हुनुहुन्छ ? ब्लग चौतारीमा लेखक भई आफै पोष्ट गर्न चाहनुहुन्छ ? आउनुहोस हामीसंग हातेमालो गर्नुहोस । 