कविता)
सन्ध्या कालमा
मधुर किरण झै
आशको झिनो किरण बोकेर
अनगिन्ती समस्याहरुसँग
पौठाजोरी खेल्दै
गगन चुम्ने आशमुखी
लहरमा लहरिने
यो कस्तो सभ्यता-
असहज परिस्थिति
र अन्जान परिबेशमा
आफुलाई अनुकुल बनाउदै
आफ्नो इच्छा अनिचाहनाको प्रबाह नगरि
संघर्षरत हुनुपर्ने
यो कस्तो बाध्यता?
जीवन अस्थाइ हुँदाहुँदै पनि
अजम्बरी सम्झदै
आज दु:ख सहँदै
भोलिको सुखको कल्पनामा
स्वच्छ कन्चन आँखामा
सजाउदै हिँडिरहनु पर्ने
यो कस्तो बिडम्बना-
सुखको खोजिमा भौतारिदै
आफ्नो अमूल्य समयलाई
अरुकै लागि खर्चेर
अरुकै खुशीमा दुःख लुकाएर
आफन्तको मायाबाट
बिछोडिएर बाँच्नु पर्ने
यो कस्तो विवशता?
भगवती बस्नेत





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
