भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल

सम्प्रेषक : भगवती वस्नेत Monday, June 14, 2010
भगवती वस्नेत
----
बिषयक्रम :
गजल


हेर्दा सभ्य सरल तर भित्र खाली हुन्छ मान्छे
जति जति सोझो ठान्यो उती जाली हुन्छ मान्छे

आफ्नै सम्झी मन साँटी आँखा छोपी भर पर्दा
विश्वास नै छुटि मन टुट्दा फाली हुन्छ मान्छे

खहरेझैँ बग्दै सागर छुन्छु भन्दै हिँड्दा खेरी
कुलतमा फस्यो भने फोहर नाली हुन्छ मान्छे

जति गाह्रो भए पनि बाँच्नै पर्ने जसोतसो
उराठिलो बगैँचाको एक्लो माली हुन्छ मान्छे


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com