भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल

सम्प्रेषक : अविरल यात्री Wednesday, April 21, 2010
अविरल यात्री
----
बिषयक्रम :
अविरल अधिकारी
हेटौंडा- मकवानपुर


आठै ग्रह साथमा हुँदा शत्रु रह्यो शनि
तिमी आइनौँ मेरो मनमा औँसी भयो अनी



बर्षातमा आकाश ढाक्ने कालो बादल आज
टल्केकोछ तिम्रोसामु चाँदनीझैँ बनी


तिमी आउने बाटो हेर्दै कल्पनामा डुब्दै
कयौँ रात बितेकाछन् तारा मात्र गनी


सागरझैँ उर्लिदैछ रहरहरू मनमा
बाधिँराखौँ कैलेसम्म तिम्रै लागि भनी


विश्वासको डोरी छिनाइ टाढा हुँदा आज
रुँदारुँदै आजभोलि सुक्यो आँसु पनि
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com