भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

किन हुन्छ मलेसियामा नेपालीहरुको मृत्यु ?

सम्प्रेषक : खांट्टी कुरा Monday, November 24, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
20141122_184521
Add caption
-जनक मान डंगोल
janakdangol@gmail.com

सन २००४ डिसेम्बर ९ मा मलेसियाको ३ बर्षे कार्यकाल समाप्त हुनु भन्दा १ हप्ता अगाडी होस्टेलमा बस्ने आफ्नै कम्पनीमा काम गर्ने ईलिगल नेपालीहरु मध्येका ३ जना भाईहरुले आज रमाइलो गरौ भन्ने प्रस्ताव गरे । मलेसियाको ३ बर्षे रोजगारीको दौरानमा मधपान पुरै बर्जित गरिएको थियो बडो दोधारमा परियो । जाने बेलामा किन मन खिन्न पारि दिनु भनेर सहमति जनाए ।
रातभरिको डिउटी अनिदो त्यहि माथि बिहानको खालि पेटमा यता उत्पादन हुने ‘जुनेस’ नामको बियर जसमा अल्कोहल उच्च हुन्छ संग बंगुरको मासु र भटमासको परिकार खाईयो । एक बोत्तल बियरले काण्ड पुर्याई दियो । साथीहरु अरु खानु पर्छ भन्दैथिए तर मैले ठाडै ईन्कार गरि दिए ।
मलेसियामा च्याम्पेन नामको हेर्दा ब्रान्डी जस्तै देखिने रक्सि पाईन्छ जुन अत्यन्त कडा र छिटो लाग्ने भनेर उक्त मदिराको पारखीहरुले भन्ने गर्दथे । सस्तो ५ रिंगेटमा १ क्वाटर पाईने उक्त लोकल रक्सि यताको स्थानीय दक्षिण भारतीय तामिल समुदायका लोग्ने मान्छेहरु देखि हाम्रा नेपालीहरुको पहिलो प्राथमितामा पर्ने रहेछ । सुनिए अनुसार उक्त रक्सीमा अत्याधिक मात्रामा युरियाको प्रयोग गरेर बनाईन्छ भनेर समेत भन्ने गर्दथे नहोला पनि भन्न सकिन्न किनभने रक्सिको गुणस्तर र मुल्य बाटनै थाहा हुने कुरा हो ।
malaysia-map
मलेसिया चारैतिर बाट समुन्द्रले घेरेको देस हो भने यताको दक्षिणी भूभागको मौसम भन्नलाई बर्षको दुई भनियता पनि बारै मास एकैनासको मौसम हो र लगातार २/३ दिन पानि परेको खण्डमा मात्र मौसमको तापक्रम २६ डिग्री सेल्सियस हुन्छ भने अरु बेलामा ३१ देखि ३५ को बिचमा रहने गर्दछ ।
मौसम कतिखेर बदलि भएर हुरी बतास पानि पर्ने हो त्यसको कुनै टुंगो हुन्न भने कहिले त २ हप्ता सम्म पनि नपरेर पुरै खडेरी जस्तो भएको हुन्छ र त्यो बेला अकस्मात पानि पर्ना साथ मानिस भटाभट बिरामी हुन सुरु हुन्छ ।
दिउसोको मध्य ३५ डिग्रीको तापक्रममा खटिएर काम गर्नु पर्ने र त्यहि माथि साँझ रमाईलो भन्दै लोकल रक्सि देखि बियरको सेवन अनि राति अकस्मात बदली हुने मौसमले गर्दा मानिसको सरिरले गर्मि धान्न नसकेर उकुस मुकुस भएर कतिखेर प्राण पखेरु उडेको हुन्छ त्यो कसैले थाहा पत्तो पाउन सक्दैन भने मादक पदार्थ सेवन नगर्नेको हकमा पनि मौसमको कारणले गर्दा नै ज्यान गएको हो भन्ने मेरो अनुमान हो किनभने मैले रात्रिकालिन लगातार डिउटी गरेको १० बर्ष हुन् लाग्दैछ र यताको मौसम मध्य रातको १२ देखि २ बजेको बिचमा थामी नसक्नुको गर्मि हुन्छ भने तुरुन्तै मौसम बदली भएर चिसो पनि हुने गर्दछ ।
20141122_184602
बिदेसी कामदारहरुको आवास गृहको बयान गरेर के साध्य भो र । सानो कोठामा १० देखि १२ जना कोच्चिएर बस्नु त छदैछ र त्यहि कोठा संगै भान्छा र सौचालय भए पछी कामदारको बसाई स्थिति बर्णन गर्नु पर्ला र ?
मैले रात्रि डिउटी गर्ने मेरो कम्पनीको भित्तामा टाँसेर Kae Re cycle नामको कम्पनि छ त्यो कम्पनिले सहर भरिको खालि सिसि, कागज, बोतल, प्लास्टिक, टिना फलाम संकलन गरेर पठाउने गर्दछन । त्यहि कम्पनीमा हाम्रा ३/४ जना नेपाली कामदारहरु काम गर्छन । ४० फिटे कन्टेनरमा त्यो कम्पनिको कार्यालय छ भने त्यो कन्टेनर माथि स्टिलको ट्रस माथि जस्ता हालेर कन्टेनरको पछाडी बाख्राको खोर जस्तरी बनाएकोमा हाम्रा कामदारहरुको बसोबास छ । सुत्ने खाट संगै भान्छा अनि २ हातको फरकमा नुहाउने भाडा माझ्ने र संगै सौचालय । दिनभरिको घाममा टिनको जस्ता मुनि बसेर फोहोर संकलन देखि छान्ने काम गर्दा कामदारहरुको स्थिति के होला अनुमान आफै गर्नुस त ।
यसरि खटेर काम गरे पछी साँझ हाम्रा नेपालीहरुले खोलेका नेपाली रेस्टुरेन्टहरुमा रमाईलो भन्दै लोकल रक्सि संग आयातित बुढी भैसीको सुकुटी मम, पिरो भटमास र सस्तो घटिया लोकल चुरोट खाए पछी जस्ताको बिना झ्यालको टहरोमा राति सुत्दा त्यो कामदारको स्थिति के हुन्छ बताउनु पर्ला ?
हाम्रो नेपालीहरु मध्य कोहि कोहिले बिदेस आयेसी जानेको काम भनेको पहिला आफु त्यो स्थानको बारेमा बिज्ञ नहुन्जेल खट्ने त्यस पछी यतैको लोकल आईमाई बिहा गर्ने अथवा लोकल संग दोस्ती गरेर उसको नाउँमा लाईसेन्स झिकेर रेस्टुरेन्टको धन्दा संगै एजेन्ट बनेर नेपाल देखि कामदार झिकाउने सप्लाई गर्ने गर्दछन । सन २००७ सम्म फाट्टफुट्ट रहेको यस्तो ब्यबसाय अहिले मलेसिया भरि बर्षे च्याउ सरि फैलिदो छ । ब्यापार धन्दा गर्ने भनेको नाफा कमाउन हो भने नाफाको लागी व्यापारमा के कस्तो हथकण्डाहरू अपनाईन्छ त्यो के बर्णन गर्नु पर्ला र ।
त्यसैले बिदेस खास गरि मलेसिया आउदै हुनुहुन्छ भने पहिला आफ्नो स्वास्थ्यले कति सम्म यताको गर्मि पचाउन सक्छ त्यो अनुसारको ब्यबस्था मिलाउन सक्नु पर्दछ । पानी दिनमा कम्तिमा पनि ५ लिटर पिउन आबस्यक छ भने चुरोट, खैनी, जांड रक्सि देखि रण्डीबाजीमा लाग्नु भएन भने तपाईको स्वास्थ्य पनि ठिक र तपाईको पैसा पनि बचत हुन्छ तर यी सबै नसिहदहरु लाई बिर्सेर ‘मरी लानु जिन्दगीमा अहिले मोज नगरे कहिले गर्ने’ भन्ने सोच राख्नु भयो भने ‘भिर बाट लडने गोरुलाई रामराम’ भन्न बाहेक अरु के नै भन्न सकिएला र ।
..
सबै तस्विरहरु : जनक मान डंगोलबाट !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com