गजल
बिहानीको किरण बन्दै आकाशभरी खुल्नु तिमी
काँडैकाँडा बीचमा नि सुन्दर फूल फुल्नु तिमी
ठुलालाई मान गर्दै मिठो बोल्नु सबैसँग
ज्ञानी बन्दै समाजमा सबैसँगै घुल्नु तिमी
यस्तो मान्छे बन सानु नमुना होस् संसारलाई
सफलताको शिखर चुम्दै रिस राग भुल्नु तिमी
विश्वास र साहासहरु सहयात्री बनुन् सँधै
उमङ् र उत्साहका हाँसो लिइ डुल्नु तिमी
बिहानीको किरण बन्दै आकाशभरी खुल्नु तिमी
काँडैकाँडा बीचमा नि सुन्दर फूल फुल्नु तिमी
ठुलालाई मान गर्दै मिठो बोल्नु सबैसँग
ज्ञानी बन्दै समाजमा सबैसँगै घुल्नु तिमी
यस्तो मान्छे बन सानु नमुना होस् संसारलाई
सफलताको शिखर चुम्दै रिस राग भुल्नु तिमी
विश्वास र साहासहरु सहयात्री बनुन् सँधै
उमङ् र उत्साहका हाँसो लिइ डुल्नु तिमी




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
