भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल

सम्प्रेषक : भगवती वस्नेत Thursday, May 12, 2011
भगवती वस्नेत
----
बिषयक्रम :
गजल

बिहानीको किरण बन्दै आकाशभरी खुल्नु तिमी
काँडैकाँडा बीचमा नि सुन्दर फूल फुल्नु तिमी


ठुलालाई मान गर्दै मिठो बोल्नु सबैसँग
ज्ञानी बन्दै समाजमा सबैसँगै घुल्नु तिमी


यस्तो मान्छे बन सानु नमुना होस् संसारलाई
सफलताको शिखर चुम्दै रिस राग भुल्नु तिमी

 
विश्वास र साहासहरु सहयात्री बनुन् सँधै
उमङ् र उत्साहका हाँसो लिइ डुल्नु तिमी


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com