(दार्जीलिङ)
"के भनुँ ?"
पैले मैले तिमीलाई
फूल भनें
तर त्यो पनि ओइलाउँदो रहेछँ ।
फेरि मैले तिमीलाई
जून भनें
त्यो पनि अस्ताउँदो रहेछ ।
फेरि तिमीलाई मैले
जीवन भनें
त्यो त झन शुन्यमै बिलाउँदो रहेछ ।
भन न प्रिया,
तिमीलाई
अब म के भनुँ ?
त्यो आकाश भनुँ ,
जो असीमित छ ?
अथवा
हृदय भनुँ ?
जो
तिमी र ममा सीमित छ।।




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
