साँगुरी डाँडा
तल चिउरीबास
ठिङ्ग धरान ।
भेंडेटारमा
हुस्सुको लुकामारी
धरान हाँस्यो ।
प्रेम प्रतिक
बुढासुब्बाको बाँस
मृत्युमा पनि ।
कोशीको पानी
दैवको उपहार
ताण्डव नृत्य ।
कालो बंगुर
धराने मिठो तोङ्वा
भानुचोकमा ।
पानीको पर्व
पिण्डेश्वरको मेला
प्यासी धरान ।
धराने जोडी
भेंडेटारको हुस्सु
पर्दा लाउँछ ।