भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

बेलैती प्यार !

सम्प्रेषक : खांट्टी कुरा Monday, January 6, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

पी+आर अर्थात पीआर ! पर्मानेन्ट रेजिड़ेन्स भन्ने औरेजिको सब्द रैच्च ! यसलाई नेपालिंया भन्दा चैँ स्थाही बासिन्दा ! छिमेकीयाँ चैँ राशन कार्ड होल्डर पनि भंच्चन भने मलेसिया आइ.सी. पाको मुन्च्चि अम्रिका गिरिन कार्ट होल्डर ! जे जे अर्थ्याए पनि त्यो पीआर सिआर जिनिस पाएसी त्यो देसा बस्न आराम सित बस्न पाइन्च्च ! अध्यागमन नाउँको भूतले सपनीमा आएर दुख दिन्न !
नेपालाट बीर गोर्खालिरु संसारभर पुग्याच्च्न छन र पुग्ने क्रम पनि जारि छ ! संसार मात्र हैन अब त अर्कै संसार मंगल गह्रा धरी पुग्ने वाला छन ! भोलि मंगलगह्राको प्यार पायो भनेर त्यो प्यार पाउने मुन्छीको खेदो गर्ने ? रिस गर्ने ?
हाम्रो नेपाला जनता भन्दा पार्टी र नेता धेरै, पढ्ने पाठक भन्दा पत्रिका र पत्रकार धेरै, सुन्ने श्रोता र हेर्ने दर्सक भन्दा रेटियो र बतासे भाडो एपेम धेरैच्च ! भ्यागुताले जम्प हान्या जस्तै अग्रगामी छलांग हो रे यो !
हाम्रो बडा माराजले फिरिंगी भनेर उहिले नै न्वारान गर्दिनुभाको त्यो देसलाइ इंग्ल्याण्ड, बिर्टिस देखि बेलायेत सम्म भँच ! पुर्बा एकजना रैनी चेलीको पति परमेस्वर 'गुर्खा पल्टन' बनेर त्यो देसा सेवा अर्दै स्यालरी भन्ने जिनिस पाउण्डा थाप्नुच्चं ! महंगो पैसो हो त्यो पाउण्ड भन्ने जिनिस ! स्वामी नारान बेलायेता भसी दासी मात्र नेपाला बस्न मिल्च्च ? आते जाते हुँदो रैच्च ट्याम ट्याम्मा !
जनताको पार्टी घाम जतिको दयालु पार्टी यो दुनियाँ अरु कुनै च्चैन ! जनताको पार्टी घामले दया मया गरेर बरा चेलीलाई समानुपातिकको माननीय बनाइदया ठाममा वाह वाह भनेर स्याब्बासी दिनु पर्नेमा पुर्बा १ जना बाजे खबरिलालले कुकुर खेदाई गर्न सुरु अर्या रैच्चन ! नगरुन पनि किन जनताको पार्टी घामका कर्तब्यनिस्ट बफादार सिपाहीले न्यायमुर्तिकै मन्दिरा कोदो चुटेका फ्ल्यासब्याक आइगो मुना ! अनि सुरु गरे बेलायति प्यार लेका मुन्छीलाइ किन समानुपातिकको पद रे !
भाषणा खोक्या यो अग्रगामी नया नेपाल हो ! याहा जसले जे गरे नि हुन्च्च ! पैसो र पावरच्च भने खबरिलालहरु जिम्दै गाडिन्छ तर कुनै माइकालाल रौँ हल्लाउन सक्दैन ! पैसो र पावर च्च भने जति थान बे गरेनी हुन्च्च ! पैसा र पावरच्च भने मन्त्रि बन्न पाइन्च्च, ठुला ठुला पदा पुग्न पाइन्च्च किनभने धर्म निरपेक्ष नयाँ नेपालको फाइदा नै यहि होरे क्या !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com