गीत
घाम झुल्की अस्ताइगयो जूनसङै तिम्लाई मागे
कुर्दा कुर्दै रातै बित्यो परेलीका निद भागे
गाह्रो हुदो रैछ हजुर प्रतिक्षामा बस्नुपर्दा,
कस्लाई पोखुँ बह मनको, आफ्नै भन्ने परसर्दा
कति खुसि थिए आँखा, टह टह जून हेरी
झिलिमिली ताराहरु आशा छर्थे उसैगरी
धेरै दियौ खुसिसंगै, जिन्दगीमा निरास पनि
किन आउँछौ सपनीमा बल्झाउन घरिघरि
हुनन् सबै सजाउन योग्य मनको मझेरीमा
साँझ बिहान डुल्छन आँखा तिम्लाइ हेर्न पधेरीमा




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
