आँशु झारी बसिरहेँ तिम्रो छेउ सर्न सकिन
थाहाछैन कस्ले पार्यो हाम्रो प्रेम दुइ किनारा
बिछोडमा तड्पिएर आफू एक्लै मर्न सकिन
सजल ती नयनमा देख्ने गर्थे आफ्नै संसार
प्रेमिल त्यो मौसममा गुलाब बनी झर्न सकिन
मेरै ठान्थे स्वप्न तिम्रो सजिएछ अर्कै मुहार
निरस यो जीवनमा मधुमास छर्न सकिन
जिन्दगीमा खोज्दा खोज्दै थाकिसकेँ जिउने आधार
दुख्छ मुटु झर्छ आँशु खुशियाली भर्न सकिन