भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

फ्युजन प्रतिविम्व" छिचोलेपछी पाठक मनमा उत्रिएको प्रतिविम्व

सम्प्रेषक : दिप्स शाह Monday, June 27, 2011
दिप्स शाह
----
बिषयक्रम :

फ्युजन प्रतिविम्व" छिचोलेपछी पाठक मनमा उत्रिएको प्रतिविम्व

दीप्स शाह
deepssanu@gmail.com
इजरायल।

भर्चुअल दुनियाँमा भेटिएका मेरा एक अती प्रिय कबी मित्रका अर्थपूर्ण कबिताहरु यदाकदा पढ्ने गर्थेँ बिभिन्न वेबपत्रीकाहरुमा। कसोकसो एकदिन पत्तोलाग्यो तिनै कबी मित्र त भूगोलको उही टुक्रोमा पसिना पोख्दैरहेछन् जहाँ म छु, याने कि इजरायलमा!! खुशीको सिमा रहेन । फेरी एकदिन संयोगले जुरायो प्रत्यक्ष भेटिन। जतिमिठा कबिता लेख्छन् त्यतिनै रसदार बोलीव्यबहार अनी अझै मिठो हाँसोको प्रत्यक फोहोरा यस्तो लाग्थ्यो मानौँ उनका कबिता यसैगरी ओइरिँदा हुन्। यिनै निस्चल प्रकृतिका सौम्य ब्यक्तित्व हुन् नेपाली डायस्पोरिक साहित्यको ईतिहासमा भूमध्यसागरको छेउमा अवस्थित सानो सुन्दर देश इजरायलबाट आफ्नो साहित्यिक कोसेली नेपाली वाङमयलाई सुम्पिने प्रथम युवाकबी अशोक 'पार्थिव' तमाङ र उनको त्यो ऐतिहासिक काब्यक्रिती हो "फ्युजन प्रतिविम्व" जुन कबी पार्थिवको प्रथम प्रकाशित् कृति पनि हो।
पूर्बी पहाडको सुन्दर छटायुक्त जिल्ला खोटाङ्गमा बिक्रम सम्वत २०३५ सालमा आमा डोलमाया तमाङ तथा बुवा हस्त बहादुर तमाङको कोखबाट धर्तिमा पदार्पण गरेका जोसिला युवाकबी 'पार्थिव' ले अङ्रेजिमास्नातकोत्तर गर्नुभएको छ तर नेपालीमा कबिता सिर्जना गर्नुहुन्छ अत्यन्तै सरल र प्रखर। जिन्दगी जिउने क्रममा हाल इजरायलमा रहनुभएका कबी पार्थिव भर्खरै केही समय अघी छ्योइसाङ्ग लामा थिङ्ग सँग विवाह बन्धनमा बाँधिनुभएको छ।
इजरायली भूमिबाट प्रथम नेपाली साहित्यिक कृति बाहिर ल्याउनुहुने कबी पार्थिवको काब्यसङ्गालो "फ्युजन प्रतिविम्व" नाम जस्तै एक नविन कृति बनेको छ। प्रत्यक्षता भन्दा परोक्षता हावी भैरहेको आजको बिध्युतिय विश्वपरिवेशको प्रतिनिधि नाम हो "फ्युजन प्रतिविम्व" र यसभित्र संगालिएका ४२ थान् सुन्दर कबिताहरु। जब मेरो हातमा यो सुन्दर काब्यक्रिती पर्यो् मैले मायाले सुम्सुम्याएँ, सम्मानले चुमेँ र हार्दिक सलाम गरेँ। सत्य हो अलिकती मिठो डाहा पनि गरेँ। पेटको जोहोगर्नका खातिर परदेशमा एक मृत्युम कुरेर बसेका ब्रिद्द बाजेको स्याहारसुसारमा चौबिसै घण्टा खटिरहेका यि शितल युवाले कतिबेला समय निकाल्दाहुन् साहित्य साधना सिर्जना गर्न?? हो यस्तै ब्यस्तता, अप्ठेरा र मानसिक तनावका बिचबाट देश कल्पेर, माटो सम्झेर अनी पसिना साटेको आम्दानी रोपेर नेपाली साहित्यमा इँटा थप्ने प्रथा इजरायलमा रहेका नेपाली माझ सुरु गर्ने देशप्रेमी युवा हुन् कबी 'पार्थिव'। त्यसपछिको छोटो समयमै इजरायली भूमिबाट नेपाली साहित्यभण्डारले फटाफट ६ कृति पाइसकेको छ र यो क्रम बढ्दो छ। यो सबैको श्रेय कबी पार्थिवलाई जान्छ। यो सुकार्य नेपाली साहित्यको ईतिहासले सम्झनेछ। कबी पार्थिवलाई डायस्पोरिक साहित्यको ढुक्ढुकीले सम्मान गर्नेछ।
मुलत: "फ्युजन प्रतिविम्व" मा कवी पर्थिवले आम् कबिले झैँ गुनासा र उच्छ्वास पोखेका छन्। सम्भाबना र चुनौती दर्शाएका छन्। तर सार सन्देशमा उनले मानवताको गीत गाएका छन्, माटोको महिमा गुन्गुनाएका छन् र बिकासका चुली चुमेका उज्याला झिल्कालाई सम्बोधन गर्दै नेपालआमाको छाती खोल्सा र पाखादेखी पिँढिको मान्द्रो सम्झिएका छन् । स्वाभावत: परदेशमा रहेको आत्मा न हो बिरानीइनुको पीडा र उच्छ्वासमा घरदेशको माया र सम्झनामा नोस्ट्याल्जिएकाछन्। समग्रमा कबी पार्थिवले 'फ्युजन प्रतिविम्व' भरी मातृभूमीको अनुहार प्रतिविम्वित गरेकाछन्।
नित्तान्त नौलो नै त नभनुँ तर पूर्ण मौलिकताको बलमा कबितालाई अन्यबाट अलग्याउने प्रयास कबिले गरेको उनका कबितामा आभास हुन्छ। कलात्मकताको तुलनामा वैचारिकता अत्यन्त सबल रहेको उनको यो कृति सच्चा र इमान्दार प्रस्तुतिको एक उदाहरण पनी हो भन्न सकिने प्रसस्त ठाउँ छन्। समयलाई पहिचान गर्न र सदुपयोग गर्न सिकाउने अराउने कवी पार्थिव 'मान्द्रो बुन्ने सपना' देख्दा बर्बराउन पुग्छन्:
"घाम अस्ताचलमा खुइलिएर
जदौ सम्बोधन गरेपछी
अनी खै के बुनिएलार
योजनाको मान्द्रो!"
समय टिप्न आग्रह गर्ने कबी पार्थिवको यो खास् कबितासंग्रह पृथक स्वाद चाहने कबिताप्रेमीहरुले एकपटक पढ्नै पर्ने भन्ने मेरो ठहर छ। उसो र भूमिकाको क्रममा वरिष्ठ साहित्यकार समालोचक दाई डा गोविन्द भट्टराई भन्नु हुन्छ,
"समयले खोजेको मानिस तिमीनै हुन सक्छौ पार्थिव!"

समग्र नेपाली कबिताकाशमा एक नविनतम थपिएको यो कृतिले एक पृथक पहिचान राख्ने कुरामा मेरो पाठक मन विश्वस्त छ। अगाडि धेरै अगाडि लामो काब्यिक यात्राको सफलतम कामना गरेको छु कबी पार्थिव!! लाख लाख शुभकामना !!

नोट: यो कुनै समिक्षा नभएर "फ्युजन प्रतिविम्व" बाट म मा प्रतिविम्वित भाव-चित्र मात्रै हुन्।


("फ्युजन प्रतिविम्व" पढ्न चाहने काब्यिक मनहरुले निम्न ठेगानामा संपर्क गर्न सक्नुहुनेछ :
सम्पर्क स्थानः Bibek Sirjanshil Publication (p) Ltd. Adwaitmarg,Kathmandu,Nepal. Tel: 4218063( O), 4334501 ( R )
Mobile: 9851097716

अफिस पुग्ने तरीकाः

पुतलीसडक बाट शंकरदेव क्याम्पस हुँदै पुरानो बसपार्क जाने बाटोमा खसीबजारको बिपरित दिशामा शंकरदेव क्याम्पसकै लहरमा विबेक सिर्जनशील प्रकाशनको अफिस रहेको छ)
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com