दिनहरु तातै छन कुराको थालनी गर्दापनि त्यो पल आँखामा घुम्छ सपना जस्तै लाग्छ कल्पना हो भन्छ ýमनले । होईन तर यो यर्थाथता हुनुपर्छ भनि फेरि मुटु बोल्न थाल्छ अनि बर्बराई रहन्छ एक्लै एक्लै सायद कसैलाई सुनाउदै छ अचम्मित पार्न । सायद अरु कसैलाइृ पनि सुनाउने कोशिशमा छ । मन भन्छ लेख्नैपर्छ मैलै भोगेका अविस्मरणिय क्षण ।
नेपालमा माघें संक्रान्तिको दिन परेछ मलाई त तब थाहा भयो जब आशा भाउजुले तिलबाट बनाएका परिकारको स्वाद ८ सालको अन्तरालमा कुवैतमै चखाउनु भयो । १४ जनवरी २०११ म्ा कुवैतमा कृयाशिल कालीगण्डकी बचत समुहमा हामी प्रेसनेपालको नामले खेल्यौ खेल उत्कृष्ट लाग्ने खेलाडि बिच प्रतिशपर्दा भएकाले केहिबेर खेलमै भुल्यौ हामीलाई साहित्यकार कवि श्री होम बहादुर क्षेत्री ज्युको निमन्त्रणामा जानुथियो । करिब ६ बजे हामी कवि श्री होम बहादुर क्षेत्री ज्युको घरमा पुग्यौं हामीले अन्र्तराटि्रय नेपाली साहित्य समाज कुवैतको लागि एक घरको धुरी पाएका थियौं वहाँ हुनुहुन्थ्यो साहित्यकार कवि श्री होम बहादुर क्षेत्री । मलाई कवि श्री होम बहादुर क्षेत्रीले भाई भन्नुहुन्छ । वहाँको घरमा वहाँबाट लेखित एक दर्जन कृतीहरुको साथमा हामी करिब ८ १० जना साहित्यप्रेमी हरुले कविता गजल र गितहरु गाउदा र मिठा मिठा आशा भाउजुका हातले बनाएका स्वादिला अनेकानेक परिकार खाँदा खाँदै हामीलाई आ आफनो गन्तव्यतिर लाग्न अबेर भएको पतै लागेन्छ । अब रातीको १० बज्यो हाम्रो बासिस्थान अलग अलग भएकोले सबै साथिहरु आफनो बासिस्थान तिर लाग्नुभयो । म पिडीत र सौगातजीलाई साहित्यकार कवि श्री होमजी आफैले पुर्याउन हिडनु भयो । जब हामी घरको १९ नम्बर ýतलाबाट निस्क्यौ एकक्षणमा हामी ५जना छोडेर अरु साथिहरु कोही कता कोही कता भएछौ । हामीभने एक आपसमा वार्तलाप गर्दै पहिले सौगातजी को घरतिर रिगाईतिर लाग्यौ कुराकानीकै क्रममा पिडीतजीको रुमपनि आयो अनि होम गुरुको कारमा म गुरु र वहाँको छोरा सुयोग मात्र भयौ मैले आफु ट्याक्सी गरेर जान्छु भन्दापनि गुरुको मनले मलाई एक्लै छोड्न मानेन । हुनत त फर्वानिया र आम्घाराको दुरि १५ मिनेटकै हो जहाँ म बस्छु अलि दुगर्म नै छ अरु ठाँउका लॆखी । मेरा कुवैतमा ८ बर्ष बितिसक्दा पनि बाटोको अलि थोरै ज्ञान छ मलाई अनि गुरुजी कहिलेपनि मेरोतिर जानु भएको रहेन्छ । म धेरै राती सम्म किहंपनी बस्दिन आज मेरो पहिलो रातीको यात्रा गुरुजी संग । हामी अगाडी बढ्यौ कार आफनै रफ्तारमा लगातार अगाडी बढीरहेको छ हामी लोकेसन हेर्दै गन्तव्यको खोजिमा थियौ । मलाई मनमनै बाटो भुलेको शंका उत्पन्न भयो यस्सो हेर्दा हामी जहारा पो पुगिसकेछौ जुन मेरो रुमदेखी करिब १० किमी टाढा छ । फेरी गुरुले कार घुमाउनु भयो मेरो गन्तव्यतिर । जस्तो लोकेसन बोर्डमा लेखिएको थियो हामीले रोड नम्बर ६ छोडेर अगाडि बढ्यौ अगाडि बढ्दै छौ धैरै नै अगाडि पुग्यौ फेरि बाटो भुलियो हामी फेरी सिगंल बाटोमा पो पुग्यौ अनि हामी पुग्यौ अन्धकार भएको ठाँउमा न कुनै बाटोमा बिजुली थियो न कुनै गाडिकै आवत जावत थियो हाम्रो मनभरि अचम्म भयो मलाई कता कता डरपनि लाग्न थाल्यो ýमैले सुनेको थिएँ त्यस्ता ठाँउमा दिउसै डर हुन्छ भनेर फेरि हामी हैरान भयौ कहाँ कहाँ बरालिएर । मैले एकपटक हैन पटक पटक भगवान सम्झिएँ । फेरि गुरुले कार फर्काउनुभयो पुरानै गतिमा । गुरुले मलाई आफनै घर जान आग्रहपनि गर्नुभयो तर भोली बिहान ४ बजे नै म काममा जानुर्पथ्यो । म वास्तवमै आफैलाई धिकार्दै थिएँ रातीको ११:३० हामी बढिरहेका थियौं खै कुन्नि कतातिर हो थाहा थिएन । एकैछिनको हिडाई पछि एउटा होटल जस्तो देखियो त्यहा २ जना केरलाका मान्छे भेटें अनि अलि साहास आयो म चाडै नै उनिहरुलाई मेरो क्याम्पको लोकेसन सोधें दुई तिनभाषा मिसाउदै जानै झै गरेर थोरै बाटो बुझें फेरि अगाडि बढ्यौ १ किमी हिडेंपछि एउटा पुल आयो अझै मनले यतै हो भन्न सकेको थिएन । बल्ल बल्ल मैले मेरो घर अगाडिको मस्जिद फेलापारें अनी भगवानलाई फेरि धन्यावाद ýदिए साथमा गुरु होमसर र सुयोगबाबु लाईपनि र विदा भई गुरुसंग छुटें ।
म रुममा पुगें भगवानलाई फेरि संझिएँ अनि गुरुजी संगको यात्रा मनै भरि घुम्यो । केहिफ्रेश भएँ अनिबल्ल मेरा आँखा मोबइलमा पर्यो सुजनजीको फोन आएको रहेछ धेरै खुसिभएँ l मनसुन पुग्यो कि पुगेन भनेर फोन गर्नुभएको होला जेहोस सुजनले म प्रती मायाँ देखाएर गरेको फोनले मेरो मनमा केहि सान्त्वना भने मिल्यो अनि म एक्लो छैन भनेजस्तो लाग्यो । सुजनजी लाई फोनमा सन्चै आइपुगेको खबर फोन गरेर भनें फेरि फोनमा भेटिने कुरागर्दै बिदा भयौं १२ बजेछ । अबत सुत्नुपर्छ भन्दा निद पटक्कै आएन आखाँ चिम्लिन्थें कुना र छेउ फर्किन्थें त्यो रुमल्लिएको र बरालिएको भर्खरैको त्यो घटना संझेर ।
मनोज मनसुन